” सोध्नु मर्यादा हो । जे गर्छ्यौ , एक वचन मलाइ सोधेरै गर । अनि हाम्रो सम्बन्ध, हाम्रो माया सधै अटुट रहने छ । अरुमा तिमी स्वतन्त्र छौ । हुन्छ भनिदेउ !”-श्रीमान
“जे गरुंला सोधेरै गरुंला ! हुन्छ नि !”-श्रीमती
# # #

“चिया लिएरआउं हजुर ?”
“हुन्छ ल्याउ !”
“खाना लगाउं हजुर ?”
“हुन्छ लगाउ !”
“तरकारी किन्न जाउं …?” “कपडा धुन थालौं …?” ” भांडामाझ्न लागौ …!” “घर सफागर्न थालौं…?”सुतौं….?” “उठौं …?”
धाराको पाइप फुटेछ ! बाथरूम टालिएछ ! पानी माथिल्लो तलामा फैलिएर भर्‍याङ्ग झर्दै तलढोका सम्म आइपुगेको थियो ।
” के भयो यस्तो …? प्लम्बर बोलाएर धारा बनाउन लगाउन सकिनौ …?”
“तपाईं संग नसोधी म कसरी गरुं…?!”
हो त ! कम से कम लोग्ने संग नसोधी केहिनगर्ने उसको स्वतन्त्रता त थियो !!! यो त उसको हक नै भयो !!!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *