“केहि सम्भावना छ ?” भाइबर, ह्वाट्सएप, मेसेन्जर, एसएमएस सबै मा एकैपटक भाई का म्यासेज आइपुग्थे । बिहान देखि आएका ई पाँचौ, छैंठौं या कतियौं पटक का म्यासेज थिए मैले गन्न छाडिदिइसकेको थिएँ । जतिपटक म्यासेजहरु आउँथे मलाई बेचैन बनाउँथे । मँ छटपटिन्थें । मैले एता बाट हिजै भनिसकेको थिएँ “कुनै सम्भावना देखिरहेको छैन” भनेर । एता मँ आत्तिएर घरि एम्बेसी मा फोन गर्थें घरि एयरलाइंस मा ।
पोहोर हजुर बा सिकिस्त हुँदा मँ, भाई भन्दा पहिले वेलायत बाट काठमाण्डू पुगेको थिएँ । मँ पुग्दा सम्म नेपालगन्ज को जागीरे भाई आइपुगेको थिएन । अनि मैले म्यासेज गरेको थिएँ । “कतिखेर आइपुग्छस् कान्छा, मँ भने वेलायत देखि आइपुगें ।” “अचानक को हुरी ले फ्लाइट क्यान्सिल भो । बस मा आउँदै छू तर अगाडी कता हो बाटो के जाति हो भएर बन्द छ रे ।” भाई ले रिप्लाइ गरेको थियो ।
“उ जमाना मा मँ सातदिन हिनेरै भएपनि काठमांडू आएर बास बसालें । अहिले को एत्रो यातायात सुविधा सम्पन्न युग मा आउन तिमीहरु समय लगाउने ?” हजुरबा बीच बीच मा भाई लाई सम्झँदै बरबराउनु हुन्थ्यो ।
निकै दिन को उपचार पछि हजुरबा तंङग्रिनु भएको थियो । एसपटक फेरि हजुरबा लाई पुरानै दम को रोग ले गाँजेछ । भाई पुग्यो । मँ भने पुग्न सकेको छैन । हजुरबा बीच बीच मा मलाई खोज्दै हुनुहोला तेसैले भाई ले मलाई बारम्बार म्यासेज पठाएको ।
हजुरबा सुनाउनुहुन्थ्यो “हामी साना छँदा हैजा र बिफर को महामारी ले हजुरआमा बाहरु लाई काख मा च्यापेर रुनुहुन्थ्यो रे ।” ती रोग ले केटाकेटी धेरै लान्थ्यो रे ।
तर अहिले फैलिएको यो भाइरस ले बुढाबुढी धेरै लग्दैछ तेसैले भाई आत्तिएको छ । मँ विवश छू । उपाए छैन । सबै देश ले आँफूलाई लकडाउन गरेकाछन् ।
विश्व का प्रायः हरेक देश का संविधान मा व्यक्ति का मौलिक हक मा स्वतंत्र र स्वइच्छा ले हिड्डुल गर्न पाउने उल्लेख गरिएको छ तर ती मौलिक हकहरु भाइरस का अगाडी लाचार छन्, मौन छन् र ती सँग सँगै मँ लाचार छू, मौन छू ।
15.03.2020
लण्डन
sabhar: laghukatha kuno