“हाम्रा मालिक कति बुझकी छन है आमा। तिम्ले भोक लाग्यो भनेर कराउँदा घाँस हाल्न आइपुग्छन।तिम्ले तिर्खा लाग्यो भनेर कराउँदा कुँडो पानी लिएर आइपुग्छन।कति सजिलै तिम्रा भाषा बुझ्छन है।अनि के त अस्ति तिम्ले कराउँदा मालिक ले राँगो खोजेको भनेर कस्तरी ठ्याक्कै पत्तो लगाका।” मेरो एक बर्षे छोरो म सङ्ग सधैँ मालिक का गुण को बयान गर्थ्यो।
मेरो छोरो असाध्यै प्रश्न सोध्थ्यो।यो उमेर नै कौतुहलता ले भरिने भएर होला ऊ हरेक कुरा लाई अनौठो पारा ले हेर्थ्यो।अनि उस्तै अनौठो प्रश्न पनि सोध्थ्यो।
हिजो दिउँसो गोठ आसपास तीन चार जना आएर गफ गर्दै थिए। छोरो ती मानिस लाई हेर्दै अनौठो पारा ले मेरो अनुहार हेरेर प्रश्न चिन्ह तेर्साउँदै थियो।
“यी मान्छे किन आका हुन आमा” छोरो ले ती मानिस फर्किएपछी प्रश्न तेर्सायो।
मैले मानिसहरु को भाषा बुझ्दा बुझ्दै पनि “भोलि तिम्लाई कसाइ को मा लैजाने अरे”। भनेर भन्नै सकिन।पीडा मलाई पनि परेकै थियो।झन मेरो छोरो लाई यी सबै कुरा भनेर पीडा मा पार्न पटक्कै मन लागेन।
आज बिहानै मेरो छोरो लाई फुकाएर एउटा मानिस ले घिच्याउन थाल्यो।
मेरो छोरो मलाई हेर्दै कराउन थाल्यो।ऊ मलाई हेर्दै आग्रह गर्दै थियो।”आमा आमा मालिक ले बुझ्ने भाषा मा मलाई कतै नलैजाने भन्देउ न….”।
source: laghukatha kuno