” अलख निरञ्जन ” बाहिरबाट आएको भिक्षुकको आवाज मेरो कानमा पर्यो।
” बेटी मुझे कुछ खिलाओ , मै चार दिन से भुखा हुँ । लोग मुझे कुछ नहि दिया । सबलोग कोरोना कोरोना बोलकर दरबाजा बन्द करता है। कुछ नहि देता मुझे ।”
उसका यी कुरा सुनेर मेरा श्रीमानले -” देऊ १० , २० रुपैयाँ अनि पठाईदेऊ !” भन्नुभयो।
त्यो सुनेर भिक्षुकले -” मुझे पैसा मत दो बेटी ! मै क्या गरुङ्गा पैसा लेकर ? लोग मेरेको कुछ नहि देता । पैसा भि वापस करदेता। कुछ खानेके चिज हे, तो देदो मुझे।”
भिक्षुकका कुरा सुनेर मलाई धेरै दया लाग्यो। भर्खर खाना खाईसकेकोले पकाएको चिज पनि केही थिएन। फेरि पकाएर दिऊँ भने श्रीमान कराउने होकि ! भन्ने सोंच्दै थिएँ , भिक्षुकले भनिहाले -” बेटी मुझे जौन चिज हे वहि देदो। पकाना मत !”
मेरा मनका कुरा बुझेका भिक्षुक देखि म प्रशन्न्न भएँ।अनि सोधें -” बाबा जि ! दूध र चिउरा खानुस् है त ?”
भिक्षुकले हुन्छ भनेपछि दूध र चिउरा दिएँ । चिनी राख्न लागेको , मधुमेहको बिरामी छु भनेकोले अलिकति भेली राखिदिएँ । खुशी भई खाए।अन्त्यमा “बेटीको ईश्वर भला करे”
भन्दै आशिर्वाद दिएर गए।
एउटा भोको व्यक्ती खुशी भएर आशिर्वाद दिएर गएकोमा म पनि खुशी भई भित्र गएँ । एक महिना अघि दिदिको छोराको बिहेमा गएर आएपछि पलङको घर्रामाथि फुकालेर राखेको कानको टप जति खोज्दा पनि भेटेकी थिईन। अहिले कोठामा जानासाथ मेरो आँखा त्यहीँ पर्यो । टपका जोडी पत्थर टल्किरहेका थिए। म असाध्यै खुशी भएर ती भिक्षुकलाई बाटोमा हेर्न आएँ। जताततै हेरेँ ।अरु घरमा पो पसे की ! भन्दै बुझेँ। अहँ भेट्न सकिन । १ मिनेट भित्रमै भिक्षुक गायब ! म निकै आश्चर्यमा परें ।
sabhar: FB