‘सर नमस्कार ।’

सर एकछिन टक्क अडिएर मेरो मुखमा हेर्न थाल्नु भो । कक्षा एक देखि दस कक्षा सम्मको पाठशाला थियो हाम्रो।

पढाउँने विषय वहाँको नेपाली । सबै विषयका सबै सरहरु मिहिनेतिला हुनुहुन्थ्यों । आफ्नो विद्याथीलाई कहिले गाली गरेको थाहा थिएन । गाली गरेपनि शिक्षाको आर्जनको गाली हुँन्थ्यो । एकचोटी त कृष्ण सरले बेस्सरी हप्काएका नै थिएँ मलाई तर फेरी सम्झाउँने गर्नु हुँन्थ्यो । सरहरु जहिल्यै चिन्तित बन्नु हुँन्थ्यो ।

कसरी विद्यार्थीको शिक्षामा योगदान दिऊँ ?

आज त्यहि शिक्षाको ज्योतिको परिणाम हो विद्यार्थीको भविष्य ।

सरले पनि नमस्कार भनि सम्बोधन गर्नु भएको थियो त्यहि बेला, जुनबेला, सरलाई मैंले नमस्कार गरेको थिएँ । अनि गफिन थाल्यौँ हामी गुरु चेला ।

मैंले नै सोधें- ‘सर रिटायर्ड हुनु भयो ?’ वहाँले जवाफ दिनु भएको थियो, ‘बाँकी छ अझैं तिन बर्ष जति।’

‘ए ! यति भने मैंले । फेरी सरले खोतल्न थाल्नु भयो- ‘के गर्दैछौ, तिमी ? मैंले पढाएको विद्यार्थीहरु कोही इन्जिनियर भए, कोही हेल्थ असिस्टेन्ट, कोही ठुलो बोर्डिङ खोलेर प्रिन्सिपल भए भन्छन । अँ साँच्चै तिमी के भयौं ?’ सरको प्रश्नले खुशी थिएँ म । जवाफ पनि यसरी दिएको थिएँ- ‘म पनि केही न केही भएँ, सानोतिनो जागिर खाँदै भएपनि म पनि साहित्यकार भएँ ।’ सरले खुशी ब्यक्त गर्नु भएको थियो, ‘जयहोस हाम्रा पाठशालाका विद्यार्थीहरु पनि केही न केही भएँ ।’

हामी छुट्टिने बेला भैसकेको थियो । मैंले नमस्कार फर्काउँदै फेरि भनेको थिएँ, ‘सर यो सबै हजुरहरुको शिक्षाको देन हो म भुल्नै सक्तिन् ।’
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|०३

s:fb

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *