यति ठूलो महामारी आएको थाहा छैन ? सरकारले समेत यसको मारमा कोही न परुन् भन्दै लकडाउन गरेको छ ।सारा अपिस ब्यावसाय बन्द छन् ।सबैलाई घरबाट बाहिर न निस्कन आह्वान गरेको छ । तिमी भने खाना खाए पछि दिनभरी साथीहरु सँग खाली भएका सडकमा क्रिकेट खेल्छौं । यदि केही गरी तिमीलाई त्यो महामारीले छोयो भने तिमी मात्र हैन तिम्रै कारण अरु हजारौले आफ्नो जीवन गुमाउनु पर्छ । आमा पनि यस्तो बित्थाको कुरा गर्नु हुन्छ । मलाई त्यो महामारीले केही गर्न सक्दैन ? त्यो त हौंवा हो । त्यो त हामीलाई देख्ने बित्तिकै डराएर भाग्छ । हेर बाबू यसले सानो, ठूलो ,धनी ,गरीव, बलियो, निर्बलियो केही भन्दैन । ऊ देखेनौ स्पेनकी राजकुमारी कोराना लागेकै कारण उनको मृत्यू भयो । यहाँ जति धन भए पनि केही अर्थ छैन । आफ्नो जीवन माथि खेलबाड न गर । अँह नोर्के कान्छोले आमाको कुरा खाएन । कति पल्ट प्रहरीले समातेर सम्झाए । दुई घण्टा सम्म बाटोमा उभिन लगाए । अझ चेतेको छैन । साथीहरु सँग कहिले कहाँ त कहिले कहाँ पुगेको छ । आज नोर्के कान्छाको घरमा चार ओटा लास परेको छ । न उनीहरुलाई ज्वरो आयो न रुघाखोकी लाग्यो । उनीहरुमा कुनै लक्षण देखा न परी ढले । सबै आश्चर्य चकित भए । के रोग हो भनि जाँच गर्न खकार पठाइयो । उहीँ कोरोना रहेछ । त्यस पछि नोर्के कान्छा सँग खेल्ने साथीहरु र उनका परिबार सबैलाई खोजी गरियो । सबैको खकार परिक्षण भयो । धेरैलाई कोरानाले संक्रमण गरेको रहेछ ।यो त एक ,हजार , लाख गरि फैलदै जाने रहेछ । अहिले नोर्के कान्छा टाउकोमा हात राखेर रोइ रहेछ । ऊ भनि रहेछ । “यो हो सचेत न हुदाको परिणाम ।”