-बन्दना राई ( सम्भावना )

प्रकृतिको देन हो यो जीवन बिउबाट फल फल्ने
आमाको न्यानो कोखमा परजीवी उदाहरण बन्ने
महिनौको संघर्ष छ जहाँ जीवनको साक्षात्कार गर्ने
अन्तमा आफ्नो एक रुवाईले खुशीको बहार ल्याउने

काचो माटोले अब कुमालेको हात पाउछ जब
नौलो संसारमा गएर पनि आफ्नोपन पाउछ तब
मात्र माटो नरही गरि संघर्ष आकृति बन्छ जब
जीवनको लक्ष पतिपूर्तिको आभाष सुखमय हुन्छ तब

अनगिन्ति बर्षा र हुरी पछि फक्रिन्छ फूल जब त्यो
हरफूल पहिल्याऊदै आउने भमराबाट चुनिन्छ तब त्यो
दिन्न भन्दा पनि चोरिलान्छ भमराले रस त्यो फूलको
फूल ओइलिञ्छ पश्चातापमा उसले गर्दै नगरेको भूलको

झरेरै अन्त गर्न जीवन चाहन्छ जब त्यो फूलले
सक्दैन झर्न डालीबाट तब आभाष त्यो बिउको हुन्छ
ओइलाएर झर्नु नै यदि थियो नियति त्यो फूलको
तब फक्रिएर प्रकृतिको स्पर्शलाई चुम्ने गल्ति किन गर्छ ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *