1
तिमीलाई विरोध गर्न न कम्जोरी न कसूर चाहिन्छ
मलाई पनि तिमी जस्ता एक न एक जरुर चाहिन्छ
रिबन काट्न र उदघाट्न गर्न त सक्छन् नेताले पनि
भवन निर्माण गर्ने बेला त आखिर मजदुर चाहिन्छ
ब्युझाउनका लागि त घडि छ, मोबाइल छ साथैमा
निदाउनका लागि त मलाई केवल हजुर चाहिन्छ
बिबाह गर्नु पर्दाखेरी हो बानी, ब्यबहार सब हेरिने
प्रेम गर्न त केवल रुप राम्रो, बोली सुमधुर चाहिन्छ
अाँखासँग आँखा जुध्न नभ्याई गाली गर्न थाल्यौ
के तिमीलाई हेर्न पनि अाजकाल दस्तुर चाहिन्छ?
2
साथ दिइनौ धोका चाँहिंदैन, छल चाँहिंदैन
भैगो एक्लै जीवन काट्छु म हल चाँहिंदैन
खाना पकाउँदा जुत्ता लगाउछिन बुहारी
सासुलाई जङ्गल जाँदा चप्पल चाहिंदैन
बिना कारण तिमी मेरो दुस्मन किन बन्यौ?
हुन त झार पलाउनलाई मल चाँहिंदैन
माया दिएर माया चाँहदा स्वार्थी सम्झियौ
कुन लगानीकर्तालाई प्रतिफल चाँहिंदैन?
पार्टी त्यागे हुन्छ जनताको मन जित्ने भए
समाज सेवा गर्नैका लागि त दल चाँहिंदैन
3
बुझ्नै सकिएन रातभरीमा कहाँबाट बल आउँछ?
दिनभर गाडी चढ्ने मान्छे बिहानै पैदल आउँछ?
सम्झिनै पर्ने मान्छेलाई सम्झिन सक्दैन यो मन
बिर्सनै पर्ने केही मान्छेको याद हरपल आउँछ?
शहरका मान्छे शिक्षित हुन्छन् म कसरी पत्याउँ?
शहर नै हो यो यहाँ पानी सँगसँगै ढल आउँछ?
घरमै खाना बनाइदिन्छु ताजा खाएर जाउ छोरी
बिहानै त होटलमा हिजोको रहल पहलआउँछ?
अभिभावकको जिम्मेवारी निभाउन नसक्नेलाई
खै कसरी बालबच्चा जन्माउने अक्कल आउँछ?
सन्तोष अम्गाईं
सहिद लखन गाउँ पालिका गोरखा
हाल कीर्तिपुर काठमाडौं