-अजय नेपाल

घ्यूको दियो प्रकाशले हुन्छन् ईश्वर प्रसन्न रे । 
सँगै बन्छ वातावरण स्वच्छ अनि सफा अरे ।।
आऊ एउटा दियो बालौँ, मनका मैलो सबै फालौँ । 
पहिले बाल्थ्यौँ मन्दिरमा अब दियो मनमा बालौँ ।।

त्यागौँ सबै रिस राग, फालौंँ मनका वैर भाव । 
सुरु गरौँ नयाँ प्रयास, कोरौँ अब मनमा विश्वास ।। 
मन्दिरमा पूजा गर्छौं, गर्छौं मनले कामना अनेक ।  
हृदयलाई पारौँ स्वच्छ, सोचौँ आफ्नो अनि पराई ?

भयो पर्दैन यी सब गर्न, नव बिहानीदेखि प्रण गर्छु । 
मनलाई सधैँ स्वच्छ राखी, सम्झी तिम्लाई दियो बाल्छु ।। 
दियो बाल्ने हो मनमा, दिन्छ तेसले सन्तोष मनमा । 
निभ्न दिन्न यसलाई कहिल्यै, बाली राख्छु तिम्रो आशमा ।।

थाहा छैन यसो गर्दा, कस्तो लाग्ला तिम्रो मनमा । 
प्रार्थना मेरो मनबाट, भलो सोच्छु तिम्रो सदा ।।
देखी खुशी र सुख तिम्रो, विश्वास गर्छुु मनै रम्छ। 
तिम्रो सुखदेखि रम्छु, मन नै मेरो प्रशन्न बन्छ ।।

तिम्रो यही खुशीको गर्छु कामना सदा । 
सधैँ यस्तै रहनु मनैबाट शुभकामना ।  
किनकि मनमा सधैँ एउटा दियो बाल्छु ।
सुख देखी तिम्रो सदा, मनमनै सधैँ रम्छु ।।

श्रोत – रातोपाटी डट कम

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *