जिउँदै मान्छेलाई मर्यो भनी

रोगको बहानामा एक्लै पारिन्छ यहाँ ।

स्वास्थ्य पनि स्वार्थपूर्ण भयो

एउटा विज्ञप्तिले टारिन्छ यहाँ ।।

कोरोना संक्रमण फैलिसक्दा पनि

न त व्यापक परिक्षण गरिन्छ यहाँ ।

लकडाउन मात्र विकल्प सोच्दा

गरिबलाई भोकभोकै पारिन्छ यहाँ ।।

देशको सीमामा गाडी चल्दा पनि

कुर्सीकै हानाथाप गरिन्छ यहाँ ।

जनतालाई थामथुम पार्नको लागि

नयाँ नक्सा अघि सारिन्छ यहाँ ।।

जनता त जनता नै हुन्

बोल्नेको मुख टालिन्छ यहाँ ।

विरामी भएमा के गर्ने होला

बाहिर निस्के नाङ्गै पारिन्छ यहाँ ।।

खेतवारी जान पाइदैन बरु

सिमाना पार गर्न पाइन्छ यहाँ ।

यहाँको के कुरा गर्नु

जिउँदै मान्छेलाई मारिन्छ यहाँ ।।

समाप्त

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *