– मञ्जुल
मेरो सानो मुरलीमा मेरो देश नअटला
तर मेरो मुरलीले भाखा राखुँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअटला
तर मेरो दश औंँलीले देशै ढाकुँ भन्छ ।

सुनाखरी फुलुँ भन्छ सुनगाभा फुलुँ भन्छ
गुराँसको जोवन मेरो लालुपाते हासुँ भन्छ
वेणी र त्रिवेणी देशसंग मिलुँ भन्छ ।

बादलुले उडुँ भन्छ पखेरामा गुडुँ भन्छ
आकासले अडुँ भन्दा पर्वतले बढुँ भन्छ
डाँफे चरी माथि माथि हिमालमा चढुँ भन्छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *