चैत ११ गते शनिवार । बागद्वार साहित्य समाजले काठमाण्डौमा आज एक साहित्यिक कार्यक्रम सम्पन्न ग–यो । उक्त साहित्यिक कार्यक्रममा वियोगी बुढाथोकी, युवराज नयाँघरे, रामबहादुर पहाडी शशी थापा पण्डित, श्याम सङ्कल्प, नरप्रसाद धिताल किशोर दुलाल, काशिराम बिरस, प्रभाकर असिम, राधाकृष्ण भण्डारी, हरि दुलाल, बिनामाया तामाङ, कुश गुरागाई, नरेन्द्र अधिकारी, राजेन्द्र न्यौपाने, सीता तामाङ, राजकुमार बखती, जयाराम धिताल लगायत ४ दर्जन भन्दा बढी कविहरुले आ–आनो रचना सुनाउनु भएको थियो । साथै समाजले विद्यालय स्तरीय कविता प्रतियोगिता पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय क्रमशः पुनम बुढाथोकी महाङ्काकल जनजागृति उ.मा.वि., अनु बिष्ट सेन्ट जेभिएर्स इङलिस एकाडेमी र मन्दिरा रोक्का युजन एकेडेमी भएका थिए भने पुरस्कृतहरुलाई बरिष्ठ साहित्यकाहरु वियोगी बुढाथोकी, युवराज नयाँघरे, रामबहादुर पहाडीले नगद, प्रमाण पत्र तथा पुरस्कार बितरण गर्नु भएको थियो । साथै समाजले नव वर्ष २०६९ को उपलक्ष्यमा बागद्वार साहित्य दर्पण पत्रिका प्रकाशन गर्न गइरहेको जानकारी समाजका अध्यक्ष श्याम सङ्कल्पले जानकारी गराउदै यथासक्य चाडो रचना उपलब्ध गराइदिन सम्पूर्ण स्रष्टाहरुलाई अनुरोध गर्नु भयो । उक्त प्रतियोगितामा २ दर्जन भन्दा बढी विद्यालयहरुको सहभागिता थियो ।