सानो हुँदा गोठालो झैं साथ दिने मेरी आमा

ताते-ताते हिंडाउन हात दिने मेरी आमा ।

 दश महिना कोखमा राखी संसार देखाउन

तोते बोली सिकाउँदै काख दिने मेरी आमा ।

 मेरो नानी-बाबु भनी मेरै पिर-चिन्ता लिने

जता-ततै ममताको थाक दिने मेरी आमा ।

 आफु भोकै-तिर्खै बसी देखभाल मेरो गर्ने

बनीबूतो जोहो गरी भात दिने मेरी आमा ।

 हुर्की बढी ठुलो भएँ अब दुधको भारा तिर्छु

असल बाटो देखाउँदै माथ दिने मेरी आमा ।

 संसारमा कोही छैन आमा भन्दा महान अरु

हर्दम मेरो उन्नतीमा गाथ दिने मेरी आमा ।

साभार – फेस बुक –

गजलकार -गणेश खड्का

(  मातातिर्थ औंशी ” MOTHER’S DAY ” को महान अवसरमा संसारका समस्त ममतामयी आमाहरुमा समर्पित । )

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *