तड्पाएर मनलाई दुई किनारामा छाड्दै ठुले मुङ्ग्लान पस्यौ हामी दुईको, चोखो प्रेम मार्दै ठुले। न गतिलो बास अनि छाक टार्ने गास छैन भोक भोकै आदि पेटमा,बसे दुःख काट्दै ठुले । कहिले आउछौ साहुको ऋण,तिर्न पाए हुन्थ्यो भन्दै भारि बोक्छु घाँस दाउरा खोलानाला तार्दै ठुले । चुहिने घरको छानो अनि,एकहात बस्त्र जोर्न आखिर बस्नु पर्यो दुःख सहि कर्म सँग हार्दै ठुले ।
रामकृष्ण पौडेल "अनयास"
भरतपुर- 13,गजलकुन्ज चितवन
Please follow and like us: