समय बद्लीयो भन्छन सबै, खै कामी दाइको फाटेको नाना बद्लिएको 
युग परिबर्तन भयो भन्छन सबै, खै दमै दाइको फाटेको छाना बद्लिएको
 
देशमा उलट-पलट, भयो भन्दै ठुला-ठुला गुड्डी हाँक्दै फुर्सद छैन याँहा
उलट-पलट त मात्रै बोलीमा भएकोछ खै, गरिबको दुइ छाक खाना बद्लिएको
समाबेशी, समानुपातिक र पुनर्संरचनाको लली पप बाढ्दैछन् याँहा 
समाबेसी त नाता गोतामापो भएछ खै, भोको पेटको दाना बद्लिएको
लोकतन्त्र, जनतनत्रको नाममा दिनहुँ स्याल हुँइया चलिरहन्छ याँहा 
जनतन्त्र त धेरै टाढाको कुरा भयो अब खै, गरिखानेहरुको माना बद्लिएको
देश मिचिएको छ, स्वाधीनता किचिएको छ, दिल्ली धाँउदै फुर्सद छैन याँहा 
पूर्णअधिकार सहित बाँच्न, चाहना छ हेर्ने साँच्चै इतिहासको को पाना बद्लिएको
अशोक खड्का
टोरोन्टो
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *