सरस्वति न्यौपाने
रामकृष्ण पौडेल अनयास

भोका हरुका लागि गास खोज्दैछु आमा
घरवार विहीनलाई आवास खोज्दैछु आमा ।

धनिलाई सुनको महल  गरिवीको बासै छैन
पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु आमा  ।

आफ्नै दिदीबैनि माथि जवरजस्ति गर्ने लाई
दुर्गा बनि मेटाउने,साहास खोज्दैछु आमा ।

निर्दोष यहाँ हार्नुपर्छ  लुट्छन हाम्रौ अधिकार
त्यसैले त सिङ्गो अव,आकाश खोज्दैछु आमा ।

देउता संझि खुट्टा पुज्ने सोझा अबोध नारिलाई
आफ्नो अधिकार माग्ने निकाश खोज्दैछु आमा ।

चितवन
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *