भानुजयन्ति तथा साहित्य महासङ्घ स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गर्ने
ब्रुनाई, ३० जुन १२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको नियमित साइबर बैठक सम्पन्न भयो ।
महासङ्घ स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसरमा विश्वका विभिन्न मुलुकमा रहेका महासङ्घ शाखाहरु मध्येबाट उत्कृष्ट शाखा घोषणा गर्न महासचिव सदस्य सचिव रहेको ३ सदसिय छनौट समिति निर्माण गरेको छ । सदस्यहरु क्रमशः उपाध्यक्ष सुरेशजङ्ग शाह (वेलायत), सल्लाहकार कविताराम श्रेष्ठ (नेपाल) र खगेन्द्र पन्धाक लिम्बु (थाइल्याण्ड) रहनु भएको छ ।
बैठकले सबै शाखाहरुलाई स्थापना तथा भानु जयन्तिको अवसरमा विभिन्न कार्यक्रम गर्न निर्देशन जारी गरेको छ साथै उक्त असार २९ तदनुसार १३ जुलाई को दिन केन्द्रिय समितिले पनि साइवर भेला गर्ने निर्णय गरेको छ ।
तत्कालै नेपालमा सम्पन्न हुन गईरहेको आसम र नेपाली साहित्यकारहरु बीचको साहित्यिक कार्यक्रमलाई महासङ्घको तर्फबाट सहभागिता जनाउन पार्षद सुरेन्द्र लिम्बुलाई जिम्मेवारी तोक्यो ।
वैठकमा भारतबाट सुरेन्द्र लिम्बु, मलेशियाबाट दीपदर्शन शाही, साउदीअरेबियाबाट खगेन्द्र अधिकारी, सागर श्रेष्ठ, सेसेल्सबाट गणेश खड्का, कतारबाट तीर्थसंगम राई, डेनमार्कबाट सोम सापकोटा, पोर्चुगलबाट भिम केसी, वेलायतबाट सुरेसजङ्ग शाह, डा. कविताराम श्रेष्ठ सहभागि हुनुहुन्थ्यो भने रसियाबाट अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षता र ब्रुनाईबाट महासचिव विश्वासदीप तिगेलाले संचालन गर्नुभएको थियो ।
स्मरण रहोस, महासङ्घको स्थापना सन् २०१० को जुलाई १३ मा स्थापना भएको थियो र हाल विश्वभरका १२ मुलुकमा १३ शाखाहरु स्थापना भई संचालनमा रहेका छन् ।
Please follow and like us: