– आनन्द श्री श्रेष्ठ
नजरसँग नजर जुधेपछी के भो !
नजरले ईशारा बुझेपछी के भो !
सुरिलो त्यो आवाज सुनेर म आएँ
तिम्रो मनको ढोका खुलेपछी के भो !
ईशाराले भन्यौ मेरो सामु आऊ
नजिक पुग्दा वदन झुकेपछी के भो !
झुक्कियौ कि के हो ! फुक्यो कालो केश
त्यही केशले मुहार पुछेपछी के भो !
नभेट्दै भो हतार र छुट्टीनु पर्यो
आनन्दले सुनाऊ छुटेपछी के भो ?
Please follow and like us: