-सुवास संगम राई

जन्मे पछि नहुर्की नै शोषक हुन थाल्नेलाई के भनुँ र खै |
आत्मा भित्र कुकर्तव्य सोंचाईहरु पाल्नेलाई के भनुँ र खै |

 

भविष्य त्यो नसोंचेर  वर्तमानमै सुमार्गलाई  छाडी  यहाँ,
जानी-जानी कुमार्गमा पाइलाहरु चाल्नेलाई के भनुँ र खै |

 

नेपाली भै नेपालीको  रगत चुसी  बिदेशीको पाउमा पार्दै,
आफ्नै दौरा फटाएर अरुको कोट टाल्नेलाई के भनुँ र खै |

 

लिप्सा मन र हृदयले  धर्मचार्य हुँ भन्दै ति निमुखालाई,
लत्याएर अग्निकुण्ड भित्र  यहाँ हाल्नेलाई के भनुँ र खै |

 

‘सुवास’ बेगर फूल झैं  बुद्धि नभएका अमानवका गुदिहरु,
आफ्नै तिग्रा छिनाएर यहाँ आफै ढाल्नेलाई के भनुँ र खै |

लोखिम-३,सोलु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *