– इन्नोसेन्ट राजन
तिम्रो निम्ती पिरतीको पाठशाला मैँ हुँ ।
चकमन्न अँधेरी को दियो पाला मैँ हुँ ।

 

किन गर्छौ भेदभाव रुपरङ्ग माथी?
कालो गोरो जे भए’नि दिलवाला मैँ हुँ ।

 

छल्किएको यौन भित्र मातिएर तिम्रो,
जवानी को प्यास मेट्ने नदिनाला मैँ हुँ ।

 

किन रोज्छौ अरुलाई खाली सिउँदो भर्न?
चुरापोते स्वयबर को फुलमाला मैँ हुँ ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *