–भानु सुनुवार
१० मे दोहा, कतार
 कतारमा नेपाली भाषा साहित्यको उत्थानका लागि हरेक महिनाको दोस्रो शुत्रवार पारेर नियमीत रुपले  आयोजना हुँदै आईरहेको अनेसास–नवोदितको वाचन श्रृंखला छब्बीसौं डवली तथा गजलकार जगतराम बर्देवा “घायल”को बिदाई कार्यक्रम शुक्रवारका दिन कतारको दोहा शहर स्थित टपफर्म रेष्टुरेन्टको सभा हलमा भव्यताका साथ सम्पन्न भयो ।
 अनेसास–नवोदितको वाचन श्रृखलाको विशेष विशेषता हरेक डवलीमा फरक विशेष श्रोता तथा फरक साहित्य अनुरागीको संयोजनमा हुने गर्दछ । छब्बीसौं डवलीका विशेष श्रोता खोटाङ्ग, खार्पा स्थाई घर भई हाल कतार युनिभरसिटीमा ईन्जिनियरीङ्ग विषयको प्राध्यापन गराउँदै आउनु भएका प्रा.डा.सालिकराम पोख्रेल रहनुभएको थियो । आफ्नो माटोलाई सम्झँदै उपस्थित सबैले संयुक्त राष्ट्रिय गान गाएर शुरु गरेको कार्यक्रमको मध्यान्तरमा नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको स्थापना काल देखिनै सक्रिय भूमिका निर्वाह गर्दै आउनु द्धितीय उपाध्यक्ष तथा गजलकार जगतराम बर्देवा “घायल”को बिदाई कार्यक्रम राखिएको थियो ।
 नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारले संस्थामा आवद्ध सदस्यहरु कतारको श्रम जीवनलाई मैजारो गरि स्वदेश फर्कने बेला मायाको चिनो र कदर पत्र प्रदान गरि बिदाई गर्ने प्रचलन स्थापना कालदेखिनै थालनि गर्दै आई रहेको छ । बिगतका केहि बर्ष यता कतारमा श्रम जीवन बिताई रहनु भएका तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारमा आवद्ध भई सक्रिय रुपमा नेपाली भाषा साहित्यको श्रीबृद्धिका लागि समय खर्चनु भएका गजलकार बर्देवा कतारको रोजगारीलाई बिट मारेर स्वदेश फर्कने तयारीमा रहनु भएकोले अनेसास–नवोदित वाचन श्रृंखलाको अवसरमा अनेसास–नवोदितको तर्फबाट मायाको चिनो तथा नवोदितबाट कदर पत्र प्रदान गरेर गजलकार बर्देवाको बिदाई कार्यक्रम समापन भयो । 
 कार्यक्रममा सहभागी चार दर्जन साहित्यानुरागीहरुले आ–आफ्नो रचना कविा, गीत, गजल तथा व्यंग्य वाचन गरेका थिए । कतारमा श्रम गर्ने साहित्यानुरागीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम गजलकार ईश्वर शाहीको संयोजन तथा संञ्चालनमा भएको थियो ।

 

12

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *