तिम्रो गीतमा म छुकी छैन, मेरो गजलमा तिमी हुनेछौ
तिम्रो मनमा म छुकी छैन, मेरो आचलमा तिमी हुनेछौ ॥
बसन्त बहार आयो गयो, मन कहिल्य बदल्न सकिन
दिनमा होस रातमा सधै, हरेक पलमा तिमी हुनेछौ ॥
जहा म जाउ साथमा हुन्छौ, सपनीमा सुस्तरी चिहाउछौ
जिबनको हरेक मोड र, दिल्को महलमा तिमी हुनेछौ ॥
तिर बिनाको खोला हुदैन, पिर बिनाको मान्छे हुदैन
दुख पीडामा मात्र होइन, शुख सयलमा तिमी हुनेछौ ॥
Please follow and like us: