चार वर्षअघिसम्म—
हिउँद लाग्यो कि ढाकर–टेकुवा निस्कन्थे घरघरबाट। गाउ“को पसलमा छोइसक्नु होइन। पैसोको उस्तै अभाव। बर्खाभरिलाई चाहिने सामान किन्न पुग्नुपथ्र्यो धनकुटा–हिले। अ“धेरीघाट तरेर। अझ अघिसम्म त पिखुवाको बाइसे ज“घार तर्दै अक्करको भीर खपेर चतरासम्म पुग्नै पथ्र्यो। पछि सुरु भएको हो अ“धेरीघाटको बाटो। कतिले चाहि“ सेल्मेको बाटो भएर रसुवाघाट तर्दै बेल्टारसम्मको भरिया यात्रा पूरा गर्थे। सुन्तला, अलै“ची, चिराइतोको भारी बोकेर गाउ“बाट लस्कर लाग्थ्यो ढाक्रेहरुको। पूरै दश दिन बित्थ्यो फर्केर आइपुग्न।
आइपुग्दा—
एक सरो लुगाफाटासमेत आइपुग्थ्यो। केही दिनलाई खुशी थप्थ्यो गाउँमा।
ठीक आठ वर्षअघि अर्थात् वि.सं. २०५४ साल। छिमेकी गाउ“को संस्कृत विद्यालयमा बम पड्क्यो।
त्यही महिना—
यता गाउँको नेपाल बैङ्कको उपशाखा उठ्यो।
अर्को महिना—
प्रधानघरे चेतनले अन्तिमपल्ट गाउँ छाड्यो। भोलिपल्ट मात्र थाहा पाई लच्छीले। सानीले भनेकी हो।
दुईवर्षपछि—
गाउँको पुलिस थाना पनि सदरमुकामतिरै गयो। त्यसपछि टेलिफोन बुथको पालो आयो। रेडक्रसले राखेको थियो आफ्नै भवनमा। त्यो पनि उतै सर्यो‍।
त्यसपछि—
गाउँका ठूलाबडा भनाउ“दाहरु सहरतिरै रोकिए। अर्थात् आउन छाडे गाउ“। यसै मेहेरीमा गाविस अध्यक्ष नन्दकुमार पनि स–परिवार सदरमुकामतिरै बस्न थाले। तिनको जग्गा कमाउन थाले गोतामे कान्छाले। अनि, रित्तो पुलिस थाना बमले धुलाम्य भयो।
तब—
सेनाको गस्ती आयो। केरकार गरियो। देउगण र हरिहाङ शिकार मात्रै खेलिरहन्थे। तिनको भरुवा बन्दुक पनि लग्यो राज्यले। सानी र मेखमान भर्खर पार्टीमा लाग्दै थिए। ती पक्राउ परे।
अर्को वर्ष—
रामे माइलाको घरमा माङ्सिरे थियो। सा“झ पर्दै थियो। टोलभरिका मान्छेहरु भेला भएका थिए। भर्खर भोज चल्दै थियो। सबैलाई रक्सीले राम्रै भेटेको थियो। पार्टीको टोली आइपुग्यो। ‘एकैछिन कुरा गर्ने’ भनेर नवीन र निसामलाई लग्यो। फर्काइदिएन टोलीले। रुवाबासी, हा–हाकार नहुने कुरै भएन। भयो तर आफैले मात्र सुन्नुप¥यो। सुन्नुपर्नेले सुनिदिएन। शून्यजस्तो मात्र भयो गाउ“।
चारदिनपछि अर्को टोली आयो । एउटा अलि फुर्तिलो ज्यानको थियो । उही होला टोली नेता । सबैको साम्नेमा भन्यो– ‘चिन्ता नगर्नोस् ! उहा“हरु हामीस“ग हुनुहुन्छ । तपाईं–हाम्रै मुक्तिको लागि लड्दै हुनुहुन्छ ।’
के हो मुक्ति ? कसैले बुझेनन् । सोधेनन् पनि ।
त्यसपछि—
पूर्ण डोटेलले माउभैँसी बेचे । खोरका बाख्रा सके । हल–गोरु भनेनन् । गोठै रित्याए । नपुगेर आठ पाथी बिऊ जाने खेत पनि वीरमानलाई पास गरिदिए । आईएको रिजल्ट पर्खेर बस्दै थियो निरज खतिवडा । कोखको एउटै छोरो । बनाइदिए पासपोर्ट । पठाए सहर । काठमाण्डू । उतैबाट गयो त्यो साउदी अरब ।
गोतामे कान्छाको छोरो प्रल्हादले पनि गाउ“ बस्न रुचाएन । लागेको हो निरजकै पछिपछि । स्वास्थ्य ठीक भएन अरे ! काठमाण्डूतिरै पढ्न थाल्यो । लहरै चल्यो । रातमाटे जेठाको छोरो हिराधन पनि गयो दुबई । बुहारी शिला पनि सदरमुकामतिर पसी नानीलाई बोर्डिङ पढाउने भन्दै । किस्ने काकाको घर पनि बा“की रहेन । उनका दुवै छोराहरु लागे मलेसिया । चामे दर्जीका छोराहरु छुट्टिभिन्न भइसकेका थिए । ती पनि आ–आफ्ना स्वास्नीहरुलाई छोराछोरी जिम्मा लाएर हानिए कतार । वीरमान राईको जेठो छोरो इण्डियाको लाहुरे थियो । त्यसले पनि छुट्टीमा गाउ“ आउन छाड्यो । स–परिवार मधेशतिरै बस्न थाल्यो । माइलो निहाङ पुग्यो बहराइन ।
अहिले—
अलि सक्नेजस्ता भनेका धौले कान्छो, सोमकुमार र देउगण हुन् गाउ“मा । तीनैले तीस ना“घेका छन् । दुःख र कामले जितेर होला, उमेर खाएका देखिन्छन् । खलपत्रै परिसकेका ।
बीस–बाइसे लक्का जवान भनेका धितेन र धिबाङ हुन् । तीनतीन पल्ट भयो ब्रिटिस सेनामा भि“डेका । पार लाउन सकेका छैनन् । बरालिने बानी भैगएको छ । सिन्को भा“च्दैनन् । खालि ‘हेभिङ, सेट–अप’ मात्रै गरिबस्छन् ।
ख्वाइ“ख्वाइ“ खोक्दै बा“झो जोत्छन् बूढा बाउहरु । धमिला आ“खाका आमाहरु प्रायः हुन्छन् कामधन्धा धान्ने । सक्नेले अलै“ची लगाए सीमखेतमा । बारीमा रोपे अम्लिसो । सक्नेजति मात्र खनजोत गरे । नसक्ने बा“झै छाडिदिए । सिरु उम्रियो । जरा फैलायो सिरुले र जर्जर हु“दै छ खेतबारी । मानौ“ गाउ“ परम्परा हो । परम्परा धान्ने बूढा–पाकाहरु मात्र हुन् । यस्तै भयो गाउ“ । शून्यजस्तो ।
कोइकोइबेला का“धमा बन्दुक भिरेर आइपुग्छन् युवाहरु । हुलै बा“धेर । उहिल्यै आउने सलहजस्तै । मीठो भाषामा ‘आमा, बुवा’ भन्छन् । विदेश गएका छोराहरुको झल्को ल्याइदिन्छन् । मन चरक्कै दुख्छ । कोही ‘सेन्ट्री’ बस्छन् । कोही खाना बनाउ“छन् । कति दिनदेखिको भोकै–तिर्खै होलान् विचराहरु ! जे पनि रुचाउ“छन् । जस्तो पनि खान्छन् पेटभरि । कोइकोइबेला भने साह«ै नमीठो लाग्छ । खा“दाखा“दैको गा“स पनि छाडेर दौडन्छन् । ‘दुश्मन आयो’ भन्छन् । परपर बन्दुक बजेको सुनिन्छ । त्यसपछि कता जान्छन् ? के हुन्छन् ? महिनौ“सम्म आउ“दैनन् । कति त कहिल्यै आएनन् फर्केर । पीर लागिरहन्छ । यस्तै छ गाउ“को रीत ।
चार वर्ष भयो । ढाकर–टेकुवा निस्कन छाड्यो घरघरबाट । खच्चरले बोक्छ नूनको भारी । हकुवा गन्हाउने चामल ल्याउ“छ मधेशको । चिनी, मर–मसला, साबुन, लत्ता–कपडालाई भरबोटले खान्छ धेरै । छोइसक्नु छैन भाउ । मन सानो गर्नुपर्छ । लोकलाज गाल्न फारो गर्नुपर्छ ।
विदेशका छोराहरु बेखबर छन् गाउ“बाट । गाउ“लाई झन् अत्तो न पत्तो उताको ।
बतासे डा“डोदेखि उ“धो हेर्दा कराले फा“ट देखिन्छ । फा“टैमा छ पराले छानोको पा“च घर दमाई वस्ती । अर्थात् दमाई टोल ।
दमाई टोललाई करालो पार्दै अझ उ“धो झर्छ गाउ“ । तल वाचिम्ले खोलासम्म । खोलापारि छ खावा । उत्तर फर्केको गाउ“ । भञ्ज्याङ डा“डोबाट भिरालो पर्दै वाचिम्ले भेट्न झरेको होला ।
पर पूर्वतिर ।
खुलेको दिन । निकै पर च्यादरका छानाहरु चमचम चम्किन्छन् । सदरमुकामका हुनेखाने घरहरु हुन् ती । अझै पर हेर्दा वसन्तपुर डा“डोको मोटरबाटो आइपुग्छ आ“खामा । अझ पर देख्दा गजधम्म उभिन्छ कञ्चनजङ्घा हिमाल । झलल झल्काएर सेताम्मे हिउ“ । चुचुरोभन्दा माथि उड्दै गरेका हुन्छन् थु“गे बादलहरु । सेतो गुलाबजस्ता । मन तानिलान्छ त्यतै ।
नजिकै हेरिल्याउ“दा अगाडि नै हुन्छ भैरे डा“डो । रुख–बोटबिहीन । खुर्खुरे मात्रै । त्यसैको फेदमा छ एकतले घर । खरको छानो ओढेर टिक्रिक्क उभिएको । घरमुनि छन् एक हल मेलो जाने पाखोबारी । यति सिरिखुरी धौले कान्छोको हो ।
धौले कान्छोको पाखोबारीमुनि सानो वन छ । वनमै छ बस्नेतहरुको देवालीथान । वनमुनि छ बस्नेतगाउ“ । अर्थात् सत्र घर बस्नेतहरुको टोल । यी सबै, उनै काजी कालीबहादुर बस्नेतका सन्तानहरु हुन् ।
दमाई टोलको सिरानघर लच्छी सुन्दासको हो । घरकै पछाडिपट्टि जोडेर बनाइएको छ सु“गुरखोर । आ“गनदेखि केही पर छ चित्रोले छाएको गाईगोठ । त्यहा“देखि तेर्सो भएर जा“दा अलि पर भेटिन्छ ठाडो खोल्सो । माथि त्रिशुले वनदेखि बगिझरेको । हिउ“दमा तिर्तिराउ“छ मात्र । बर्खामा चाहि“ बै“स फर्किआउ“छ यसको । भेल बग्छ । उर्लंदो खहरे गर्जिंदै फाल हान्छ उ“धो । उही वाचिम्लेलाई भेट्न ।
खोल्सो तरेर तेर्सै लाग्दा भेटिन्छ हिटिधारो । धारोदेखि केही पर छ फा“टिलो जग्गा । जग्गा पर्खमान राईले फा“डेका हुन् । उनैका छोरा देउमान राईको नाममा छ अहिले । सिरानको गरामा छ देउमान राईको घर । तीनवटा तलाहरु छन् । टायलको छानो छाइएको । एउटा मतान छ दुई तले । खरको छानोको । हिटिघरे पनि भनिन्छ देउमानलाई ।
हिटिघरदेखि उता दुई ठूल्ठूला टारहरु छन् । टारहरु सकिएपछि खोल्सो आउ“छ । खोल्सोपारि पूरै राईगाउ“ हो ।
हिटिघरदेखि सात कान्लाउ“भो—
सानो वन छ । ठूल्ठूला रुखहरु छन् । काउलो कटुस, दा“ते ओखर, सानो पात्ले, खोटे सल्ला, धुपी सल्ला आदिका । यो वन देउमानको निजी वन हो । वनदेखि माथि छ गोतामेगाउ“ । पहिले सात घर गोतामेहरु बस्थे । अहिले गोतामे कान्छा मात्रै बा“की छन् । अरु बसाइ“ सरिसके । जैकुमार राई, देउगण मगर, सोमकुमार मगर र देवाहाङ राईले लिएका हुन् अरु गोतामेहरुको घर–जग्गा । गोतामेगाउ“देखि अझ पश्चिममा छ अञ्चलडा“डो । पूर्व–अञ्चलाधीश समरबहादुर राईको झि“गटीघर छ । उनी त काठमाण्डूतिरै बस्छन् उहिल्यैदेखि । उनैको पुर्खौली थलो । उनैको नाउ–सुवासले भनिन्छ अञ्चलडा“डा । अहिले रामे माइला बस्छन् अञ्चलघरमा ।
गोतामेगाउ“भन्दा माथि फा“टिलो जग्गा छ । ठूल्ठूला गराहरुको फा“ट । फा“टैमा छ गाविस–अध्यक्ष नन्दकुमार राईको तीनधुरे घर । टिनले छाएको । खिया लाग्न थालेको छ टिनमा । राघेपाटे देखिन्छ । प्रधानमञ्च थिए नन्दकुमारका बाउ पञ्चायतकालमा । प्रधानघर भनिन्थ्यो पहिले । बहुदल आएपछि बिस्तारै ‘टिनघरे’ भन्न थालियो नन्दकुमारलाई ।
नन्दकुमारका छिमेकी हुन् वीरमान राई । वीरमानको जेठो छोरो इण्डियाका लाहुरे छन् । वीरमान राईको जोर घर टलक्क टल्कन्छ गाउ“मा । नया“ टिनको छानोसहित । भित्तोमा चुन टल्किएर उस्तै । आ“खा नै तिर्मिराउ“छ ।
वीरमानको घरदेखि चारै कान्लामाथि पर्छ पूर्ण डोटेलको घर । त्यहा“देखि उ“भो उही त्रिशुले सामुदायिक वन छ । पूर्वमा छ वनपाला । अर्थात् वनपाल सामुदायिक वन । घना जङ्गल ।
यति सा“धसिमानालाई भनिन्छ माझखर्क ।
बतासे डा“डोदेखि सिधै उ“भो त हेरिसक्नु छैन । भीर छ अजङ्गको ।
जेठा राईको निजी वन ! भनिन्थ्यो राईवन ! सत्र सालमा राजा महेन्द्रले पञ्चायत लागू गरे । त्यसपछि कहिले हो कुन्नि राईवनलाई गरियो सरकारीकरण ? भन्न थालियो वनपाला । चार वर्षअघि मात्र वनपालालाई समुदायमा हस्तान्तरण गरियो । भनिन्छ– वनपाला सामुदायिक वन ।
वनपालाकै दक्षिण–पश्चिममा पर्छ यो भीर । चट्टानैचट्टानले बनेको ।
भीरमा देखिन्छन् सालिम्मोका पातला लहराइहरु । हिउ“दमा सुकेका, छोटा, सङ्रङ्ग परेका तर वर्षायाममा हरिया र लम्लमाइला । देखिन्छन् सप्रन नसकेका दुई झ्याङ खस्रु । यही भीरमुनि बस्ने मान्छेहरुजस्तै । जहिल्यै अनन्त दुःखहरुले खाइमारेका जस्ता ।
चैत–वैशाखभरि सेताम्मे फुल्छ सुनाखरी यसको छातीमा । मानौ“, जीवन जहिल्यै बासन्तीमय हुन्छ । लाग्छ– जीवन जहिल्यै सुखद् हुन्छ ।
हिउ“दभरि—
दिनभर उडिरहन्छन् जोडी बेसाराहरु यही भीरको वरिपरि । सायद, ती प्रेमले उछालि“दा हुन्छन् सधै“ । जिन्दगी भनेको दुःखमा झनै मजाको हुन्छ, लाग्छ ।
उ“भौली यामभरि भीर गौ“थलीहरु रमाउ“छन् यही भीरमा । ती चिर्बिराउ“छन् । भाका हाल्दै गाउ“छन् । ना“च्छन् । कठै ! उ“धौली याममा भने न तिनको गीत सुनिन्छ, न त कुनै साक्षीमय सादृश्यता नै पाइन्छ ।
रातमा भने हुचिल कराउ“छ भीरमा । गाउ“भरिका केटाकेटीहरुलाई डरसरि बनाउ“दै । असार–साउनको हुस्सु लाग्दा थिबिक्मा चरीले रुन्छे उस्तै बिरही भाका । त्यही भाकालाई गाउ“लेहरु भन्छन्– ‘दमिनीको से“हे“ रुन्छ यो भीरमा ।’
चार वर्षअघि—
भीरको फेदहु“दै नापियो लेगुवादेखि चखेवा जोड्ने सडक ।
सडक आउने भयो गाउ“मा । नया“ सपना थपियो । नया“ संस्कारको सुरुवात भयो । नया“ अड्कलबाजीहरु पनि जन्मिए थुप्रै । कुरा भए यसरी—
ः ढिक्के नुन खेप्न झर्नुपर्दैन बेल्टार ।
ः चतराको लागि कस्नुपर्दैन ढाकरको खकन ।
ः पुग्नुपर्दैन हिले ।
ः खानुपर्दैन खच्चर नै गन्हाउने चामल ।
ः घरमुनि बाटैमा आइपुग्नेछ ट्रक चढेर प्याकेटको नुन ।
ः भुरुचोक र अञ्चलडा“डामै आइपुग्नेछ तेल, चिनी, चामल । गाडी चढेर ।
ः सस्तैमा पाइनेछ सामान ।
समूह–समूह बनाइयो सडक खन्नेहरुको । ‘वनपाला समूह’ बन्यो ।
‘वनपाला समूह’मा परे माझखर्कका मान्छेहरु ।
गाउ“का मान्छेहरु ओइरिए सडक खन्न । बारीको कान्ला छाडे गाउ“लेहरुले । फोरिन थाले चट्टानहरु । लगाइन थाले तारजालीयुक्त पर्खालहरु । भीर–पहराहरु सम्याइन थाले अब ।
कुरो उहिल्यैको हो…
सुके दमाईले बिहे गरेको ठ्याक्कै महिना दिन पुग्यो ।
घोडा छा“देर आइपुगे काजी कालीबहादुर । अर्थात् बस्नेत काजी ।
जदौ ग¥यो सुकेले । हपा¥यो दमिनीलाई । दमिनीले शिर छोपी मजेत्रोले । गरी ‘दण्डवत्’ काजीलाई । उसैगरी, धनुषाकारमा ।
‘मजेत्रो खोल्छेस् कि ?’ गर्जिए काजी ।
मालिकको आदेश शिरोपर भयो । भर्खरकी दुलही । भर्भराउ“दी उसै । उसै पुष्ट ज्यान–कदकी । हिस्सी परेकी । उसैउसै गोरी । मिर्मिराउ“दा आ“खा उसैउसै । मनको बेचैनीले छोपिहाल्यो काजीलाई । सम्झिए आफ्नी दुई बच्चाकी आमा कजिनीलाई । हा–हाकार लाग्दो । स्याप्प परेको शरीर । फुङ्ग उडेको अनुहार । लाग्यो उसै काली । सोचिहाले– क्षेत्रिनीचै“ दमिनीजस्तो ।
‘राम्री रैछेस् । बाहुनीजस्ती,’ भने काजीले । बोले उनको सौन्दर्य चेत । हेरे सुकेलाई । जिङ्रिङ्गको । टीठलाग्दा आ“खा । चुस्स परेको । हड्डी र छाला मात्रै । नामै त सुके । सुकेनासले नै खाइमारेजस्तो । दपेटे सुकेलाई, ‘लछिनकी रैछे । गरी खा !’
‘मालिक !’ फेरि जदौ चढायो सुकेले ।
‘अ“, सुन् ! आउ“दो मैनासम्मलाई थाम्दिन्छु । उबेलाचै“ फरक नपारेस् !’
‘मालिकको जय होस् !’
जसोजसो सुके उसैउसै गरी दमिनीले ।
काजीले करेली ताने । सठ्याए घोडाको पिडुलामा । वेगियो घोडा ।
महिना पुग्यो । आइपुगे उसरी नै काजी ।
हंशले ठाउ“ छोड्यो सुकेको त्यसै । सिधा नजर गर्न सकेन त्यसले । शिर झुकायो । साष्टङ्ग भयो । भन्यो, ‘मालिक जदौ !’
‘भाका त मार्दैनस् होला ?’ काजीले ठूलो स्वर गरिहाले ।
ला ! सासै रोकियो कि कसो ? घा“टी लाग्यो । वाक्य फुटेन । भुइ“तिर मात्रै घोसेमुन्टो भइरह्यो सुके ।
‘के हो ? बोल्दैनस् ?’
‘मालिक !’ बल ग¥यो सुकेले । स्वर काप्यो त्यसको ।
‘के हो ? भन् !’
‘यो मैना पुन् थामी…’
‘के भनिस् रे ?’ एकाएक सठ्याइहाले काजीले । ओर्लिए घोडाबाट । हाने लात । हुरुक्कै भयो सुके । थचक्कै बस्यो । थपे त्यही““माथि काजीले । भने, ‘ढा“टिखान पल्केको । बैगुनी !’
‘मालिक, ज्यान बचोस् !’ लोग्नेको मायाले हिरिक्कै भई दमिनी । आई अगाडि । दश औंला जोडी । थर्रर काप्यो त्यसको शरीर । बिन्ति बिसाई, ‘आम्दो मैना फरक पर्दैन मालिक ।’
‘लौ त, तै“ले भन्छेस् भने,’ थामिए काजी । चढे घोडामाथि । ताने करेली । तिर्खालु आ“खा फारे दमिनीतिर । गर्जिए दमिनीलाई, ‘आइमाईको बचन हो । थाम्दिन्छु यो मैना । फरक मात्रै पारेस्, मैले जानेको छु…’
कटट दा“त किटे काजीले । रिसले ओंठ थर्थरायो तिनको । सठ्याए घोडाको पिडुलामा । गए काजी ।
भोलिपल्ट—
भालेको पहिलो डाकमै सुकेले घर छोड्यो । छोड्यो दमिनीको भरमा । ऋण थमायो स्वास्नीको थाप्लोमा ।
महिना पुग्नै लाग्यो । फर्केन सुके । आएन कुनै खबर । आतेसको भुव“री चल्यो मनभित्र । हुट्हुटी बढ्यो । बेढङ्गको त्रास झा“गियो । हरायो निंद्रा । भाग्यो सपना । विपनाले कोतर्न थाल्यो । चहराउन थाल्यो चरकचरक । थाक्दै आई दमिनी । नौ–नारी गल्दै आए त्यसका ।
ठ्याक्कै पुग्यो महिना । घोडाको टाप बजिहाल्यो आ“गनमा । थर्थराउ“दै आ“गनमा आई दमिनी । गरी जदौ ।
‘बचनको पक्की होलिस् !’ काजीले हाने तीर ।
लाग्यो र रोपियो दमिनीको मुटुमै । रगेटियो झन्झन् । थङ्थिलो भई आफैभित्र । बोली फुटेन । खुलेन आवाजको बन्द ढोका । अवाक् घोप्टो परिरही ।
ओर्लिए काजी । उठाए दमिनीको मजेत्रो । समाए चिउडोमा । सिधा पारे दमिनीको अनुहार । कठै ! बग्दै रहिछे दमिनी ।
‘नरो ! नरो !’ काजी कोमल भए । लेप्राए ओंठ । भने, ‘थाम्दिन्छु अझै एक मैना ।’
‘मालिक !’ स्या“क्क गरेर रोई दमिनी । महान् आनन्दको सीमा फैलियो । चरणमा परी दमिनी ।
उठाए काजीले । समाते हात दमिनीको । ताने आफूतिर जोडले ।
‘मा…मा… मा…लिक !’ थर्थराई दमिनी ।
घिसारे काजीले । लगे भित्र । थुने ढोका भित्रबाट । चिच्याई दमिनी तर सुनेन कसैले । बरु आ“गनको घोडाचाहि“ जोडजोडले हिन्हिनायो ।
त्यही रात—
घरमाथिको भीरबाट फाल हानी दमिनीले । उसैको सम्झनामा भनिन्छ– दमिनी भीर ।

Savar: Setopati.com

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *