डिल्ली सर लाई भेट्न म सधै बिहान साढ़े सात बजे पर चौकको चौतारीमा कुरी रहन्थे / उमेरले छ दशक फड्को मारी सक्दा पनि बुढा मा बिहानै सात बजे सु-प्रभातको यात्रा गर्नु र दश बजे कलेज मा हाजिर हुनु डिल्ली सर को दैनिकी जस्तै थियो \मेरो क्याम्पसे जिबनका शुरुको एक बर्ष छोड़ी बाकि सबै जीबन म उहाँ संग सधै नजिक थिए , साहित्यिक बिचारको मान्छे मलाई पनि आफु जस्तै नशालु बनाउनु भएको छ \ मेरो ब्यक्तिगत जीबन बांट फुत्कायका बाकि समय उहाँ संगै हुन्थे \
बिहान डिल्ली सर संग घुम्नु मेरो पनि ट्यूसन जस्तै थियो ,अनि क्याम्पस जिबनका ति दिन जून आज पनि हरेक शब्द संग सम्झना ताजा छ / राजनैतिक बिचारमा ईतर धारणा राख्नुहुन्थ्यो ,नेपालको राजनितिमा भरपूर तत्वको न्युनिकरणले गर्दा मौलाएको असहमति , भ्रष्ट परम्परा , कुर्चीको चलखेल बाट वाक्क दिक्क भएर नेपालको राजनीतिमा ग्यास्ट्रिक छ खायो कि त डकार आइहाल्छ भनी हसाउनुहुथ्यो त्यसैले राजनैतिक बिचारलाई भन्दा साहित्यिक बिचारका शब्दहरु घोटेर पिलाउनुहुन्थ्यो , म पनि साहित्यिक रोगी घुटु घुटु नीली रहन्थे , अझै पनि दीर्घ रोगी छू ,मनमा अनेक शब्द हरु लडायर कापिका पानामा छरपष्ट सुकाउछु \
उहाँ संग हरेक साहित्यिक कार्यक्रममा म जानु मेरो बानी नै परेको थियो , कहा कहा कहिले कहिले सबै सधै सोधेर तयारीमा बस्थे, सिरानीमा टाउकाको बोझ बिसाई साहित्यिक मजा लिन्थे अनि जम्मा भएका शब्दका मणिहरुलाई कलमको टुप्पोले टिप्दै कापिको पानामा टास्थे , शब्द मणिका टुक्राहरुलाई तान तुन र गाछ गुछ गर्दै बाक्यका सिक्री बुनथे ,अनि तिनै सिक्रीहरुलाई कहिले कबिताको कण्ठमा सिंगारिदिन्थे ,कहिले कथाको हात र औलामा , अनि कहिले साहित्यका अनेक अंग अंगमा , त कहिले ति सिक्रीहरु नै डिल्ली सरलाई नै सुम्पिदिन्थे ,जता सुहाउछ त्यतै घुसारिदिनु भन्दै /
स्नातकोत्तर दित्तिय बर्षको परीक्षा दिएर बसेको थिए \ फुर्सदिलो समय मन संग सोधेर बाहिर निकलन्थे, अनि मनले पनि म संग हिड्ने आज्ञा मागथ्यो , मनलाई नै बिर्सिएर मेरो जीबन अधुरो हुन्थ्यो त्यसैले संगै जान्थेऊ \ स्थानीय यात्रामा सर संग भेट भयो \ सर संगको भेटघाटमा उपलब्धि मिल्यो , बैशाख एक को कार्यक्रम रहिछ ,सर कै किताब बिमोचन र नयाँ क्ष्रष्टाको रचना बाचन कार्यक्रम \
सरले मलाई उद्घोषकको कार्यभारको ताज पहिराईदिनु भयो , सधै सिरानीमा बिचारको थूम्को ठडयाई शब्दको जालो बुन्ने म \ माहिर माहिर सर हरुको अगाडि उहाँहरुकै कृतिमा लालित्य र अलङ्कार ल्याउने शब्द र बाक्य प्रक्षेपण गर्ने कार्य मेरो लागि साहित्यिक यात्राको चेक प्वाइंट थियो \ यो उद्घोसणमा टिपण्णी गर्ने कला ,ब्याख्यान गर्ने सिप , समालोचनात्मक ज्ञान , र सारांशत्मक तत्व ले घनीभूत हुन्छ \ त्यसैले यस्तो गरिमामय जिम्मेवारी पाउनु मेरो पनि सु-अवसर थियो \
संसारमै मुश्किल छ , साहित्यिक शब्दले चार्ज गर्दै चलाउनुपर्ने यो गाडी \ हेर्दा सबैको नजरमा सजिलो लाग्छ , कोहीले वा भन्छन कोहीले ताली दिन्छन , कोहीले गाली \ साहित्यिक यात्रामा अनेक मोड़ र घूमती छन तै पनि ख़ुशी भए सरले दिएको एउटा जिम्मेवाऱी प्रति ढुक्क साथ स्वीकारोक्तिको भाव प्रदान गरे \
शब्दका इन्धनले गुडाउने यो गाडीको गेर मैले थीच्दै हिड़थे डिल्ली सरले स्टेरिंग , त्यसैले पनि म हत्तोसाहि हुनुपर्ने कुनै कारणै थिएन किनकी यो गाडीको बारेमा सिक्न म बर्षौ देखि सरको साहित्यिक ग्यारेजमा धाइरहेको छू , अनि सरले पनि निपुण मान्नु भएरै होला साहित्यिक यात्रामा गुडाउन अनुमति आज्ञा दिनु भयो \
सरले भनेनुसार यथा समयमा कार्यक्रम शुरू भयो \ कार्यक्रममा नयाँ र पुराना गरि झण्डै पचास जना क्ष्रष्टा थियौ \ म मञ्चबाट आफ्नो कार्यभार प्रस्तुत गरि नै रहे \ म एक्लै छू , सधै डिल्ली सरको हातमा स्टेरिंग र मेरो हातमा गेर हुन्थ्यो तर आज जिम्मेवारी पूर्ण मेरो छ \ डिल्ली सर मेरो अगाडी मुसुमुसु मुद्रामा हुनुहुथ्यो ,सायद यो मुस्कान र खुशिमा आफ्नो पुस्तकको बिमोचन संगै मेरो प्रसंशा पनि मिसिएको छ कि भन्ने भान मिल्थ्यो \ कार्यक्रमको शुरू मै सरको किताबको बारेमा आफुले ब्याख्यान दिदै राष्ट्रिय अग्रज क्ष्रष्टा [ सम्झनामा नाम रहेन ] बाट बिमोचित भइसकेको थियो \
मैले पनि एउटा कबिता प्रस्तुत गरेको थिय \त्यों कबिताको शीर्षक थियो “ख़ुशी जीबन “ र कबिता यस्तो थियो –
कबिता : – ख़ुशी जिबन
छबिलाल सापकोटा “ रातामाटे`
धनले ख़ुशी किन्न पाए
जोगी बनि ख़ुशी किन्थे \\
ख़ुशी मात्र जिबन भए
जिबन बेचीं ख़ुशी किन्थे \\
माया मात्र जिबन भए
संसार बेचीं माया किन्थे \\
धन र संसार किन चाहियो
जोगी बनि माया माग्थे \\
मेरो मात्र संसार भए
माया कस्लाई गर्नु पर्यो ? \\
माया मात्र जिबन भए
दुःख गर्न छोड़ी दिन्थे \\
दःखी जिबन ख़ुशी पारौ
निस्वार्थले बाच्न सिकौ \\
स्वार्थ भित्र पाप हुन्छ
मनमा एक दिन जलन हुन्छ \\
निस्वार्थमा सन्तोष लिई
सेवा भित्र संसार देखौ \\
धन र ख़ुशी संसार होईन
मन र ब्यबहार शुध्द राखौ \\
सबैको ताली ले हल गुंजायमान भएको थियो , साथी शेखर को कथा कारुणिक थियो , साथी भरत लोहनीको एकांकीमा यथार्थ समाजको चित्रण थियो \ यस्तै यस्तै धेरै श्रष्टाले आ-आफ्नो बिधा प्रस्तुत गर्नु भयो \ कार्यक्रम निश्चित समय मै समाप्ति भयो , धेरै रोचक , कारुणिक पनि ,यथार्थ पनि \
साच्चैनै साहित्य समाजको एना रहिछ ,समाजका संगती ,बिसंगति , कुरीति , अहंता , अनि ब्यक्तिको कारुणिक जीबन , जीबन कथा , भोगाई ,सबै साहित्य सिर्जना का मूल रहेछन \ संगतिको ब्याख्यान , माया , प्रेम , असल जीबन र स्वच्छ समाज ब्यक्तिको सकारात्मक सोचको मार्गनिर्देशन हुन \ बिसंगति , कुरीति र ब्यक्तिको अहंता , जीबन का नकारात्मक पक्ष र आधारहीन स्तम्ब हुन \ त्यसैले जीबन मा जहिले पनि सही सोच र सकारात्मक शब्दको जालो बुन्दै यिनै जालमा खुसी जिबनको आभाष को संयोजन मिलाउन सक्नु खुसी जिबनको असल पात्र भइन्छ \ साहित्यमा बामेसराईको त्यों दिन मेरो मन सधै आफै हराउथ्यो , मनमा सधै अनेक शब्दले रोटेपिंग घुमाइरहन्थे , आँखामा जे जो ठोकिंथ्यो सबै कलमले टीपी हाल्थे , मनको रोटेपिंगमा घुमेका अनेक शब्दलाई एक एक गरि बाहिर निकालथे र कापिको पानामा झुंडाउदै डिल्ली सर सम्म पुर्याउथे \
आज म साहित्यिक संसारमा एक्लो छू ,अनि शब्द र छन्दले गुन्जायमान हुने आकाश शुन्य देख्छु / हिजो टप टप टिपेका शब्दका मणिहरु लाई गाली र तालीले तौलिएर मनको सगरमाथा सदैब सगर पुर्याइदिने गुरु लाई भेट्न यो जिबनमा आज म असमर्थ छू / आज मेरा शब्दका मणिहरु ब्लॉग र पोस्टमा भौतारिएका छन , बिना अर्थ र मर्मको खातिर आउने एक क्लिक र टिप्पणीमा अल्झिरहेको छ \ अल्झिएका मणिहरु लाई ठड्याउदै कम्पूटरका बटनले गोड़मेल गर्दैछु , बाक्यका थाक्रा हाल्दैछू / थाहा छैन , मल जल र परिश्रम गर्दा गर्दै पनि फल्छ या फल्दैन , फुल्छ या फुल्दैन ? फलोस या नफलोस फुलोस या नफुलोस मेरो कल्पना बाट उछिट्टेका मर्म लाई साहित्यको कर्म सम्झदै , कलम लाई स्टेरिंग बनाई , साहित्यिक बिचारको मार्गमा सिर्जनाका गाडीहरु सदैब दौडाउने छू अनि दौड़ाई रहनेछु , यो अबिरल यात्रा जिबनको शुष्म रति रहुन्जेल ,साहित्यिक आकाशमा चाँदनी को चाँद बनाई \
हाल :- योकोहामा जापान