मनुजलाई सधै झै आज पनि समयमै ब्युझ्याई दियो सॊचाईको प्रबाहले र लागे आफ्नो गंतब्य  पहिचान खोज्न  जीबन भोगाईको यथार्थ  महशुस गर्ने जिब या अजीब जो आफु झै बाचेको छ अनि आफ्नै जिबनको परिभाषा खोज्न भौतारिरहेको छ अर्थात जिबनको नयाँ सहयात्री खोज्दै छ जस्ले  ऊसको जिबनमा साथ होईन समान पिडामा जिएको होस् जसलाई आफु दुई बिच  ,जिबनको  यथार्तता महशुस हुन सकोस  /

 

यस्तै खोजाईमा भौतारिदा भौतारिदै एक तरहले आफ्नो घर भन्दा ५० मिटरको दुरीमा रहेको गुलाबको रुखलाई जिबन भोगाईको प्रतिक बनाउछ  या आफ्नो भोगाईको अनेक कालखण्डको यथार्ततामा त्यस रुखलाई उभ्याउछ अनि दैनिक ऊसलाई भेट्ने निहुुमा हरेक बिहान दुई लिटर जति पानी त्यस रुखको जरामा चढाउदै फर्कन्छ र सोच्न  थाल्छ  ,  यो गुलाबको रुख र म  /

हरेक दिन यो  क्रियाकलाप पाइरहेको ऊसलाई यो गुलाबको रुखले सोध्छ /

—होईन मनुज तिमि सधै मेरो सामीप्यमा   आउदै  पानी पिलाउदै जान्छौ अनि मलाई           नियाल्दै पुनः फर्किन्छौ  किन होला?

मनुजले उत्तर दिन्छन /

—- हेर गुलाब यो मैले चढाएको पानी तिम्रो आँशुको लागि हो , मलाई थाहा छ तिमि पनि जीबन संग रुदा रुदै आँशु रित्तीयर खाली भइसकेका छौ / तिमि म जस्तै ,  म तिमी जस्तै  /

साच्चै गुलाबको रुखले   आज  हात पाएको छ ,जून हातले आज ऊसको पिडामा ढाडस दिदै छ , नयाँ आखाँ पाएको छ , जून आखाँले  आज ऊसको आँशु देखेको छ  अनि एउटा साथ पाएको छ  ,जून साथले जीबन भोगाईको यथार्तता आत्मसात गर्न खोजेको छ /

गुलाबको रुखले पुनः बेदना पोख्न शुरू गर्यो /

—–हिजो यो पार्कमा आउने सारा तिमि जस्ता मनुजहरु मेरो सौन्द्रयताको बर्णन गर्दै हिड़थे  ,सबैजना मेरो सृष्टिको स्पर्शमा रमाउदै नाच्थे ,मलाई  आफ्नो सौन्दर्य भन्दा ऊनीहरुकै  ख़ुशी. प्यारो लाग्थ्यो / कोही मेरो आडमा ऊभियर मेरो जस्तै ख़ुशी जिबनको परिकल्पना गर्दै मेरो समीपमा आफुलाई क्यामेरामा कैद गरि युगान्त अबिस्मरणीय बनाउन खोजथे /कोही मायाका  अनेक उपनाम दिदै मेरो लालित्य र जवानीको रस लुट्दै भागथे ,मेरो यौवनको लुटिएको  घाउको असहय पिडा सहन नसकी म आफ्नो अस्तित्व गुमाउदै उस्कै पैदलका छापहरुमा बिलिन हुन्थे / हजारौ मेरा प्रियसी र प्रियतमको मायालु स्पर्श मा रम्न पाउदा मलाई संसार जितेर आफ्नो बनाए जस्तो  लाग्थ्यो / मेरो सौन्दर्यका पारखीहरु मेरो सौन्द्रयता मा लाग्ने दाग देखि दुःखी हुन्थे र भन्थे छुनु हुदैंन यति राम्रो सौन्दर्य नष्ट हुन्छ भन्दै टाढै बाट मेरो आत्मसम्मानको रक्षा  गर्दै ख़ुशी साटदै जान्थे/ कतिले मेरो सौन्दर्यता लुटेर आफूमा उत्सब मनाय ,ख़ुशी साटे, माया साटे, जीबन साटे / म बिच कसम खादै कैयौ मायाका जोडीहरु सुखद संसार  बुनिसकेका छन /  कोही मेरो सौन्दर्यको नष्ट गर्दै प्रेमको बहानामा समुन्द्र उल्टाएर आकाशमा सुकाएका छन अनि आकाशका तारा टिप्दै तिनै प्रियसी र प्रियतमको अस्मिता को आचल उघारदै शून्य संसार मा हराएका छन / जे  छ म ख़ुशी थिय , जे पाएको थिय म आफुलाई भाग्यमानी सम्झेको थिए / आहा!!!  त्यो जीबन जिऊनुको अर्थ नै अलग थियो  किनकी सबैलाई ख़ुशी दिएर म बाचेको थिए ,म संग जे थियो सबैलाई दिन सकेको थिए /

तर …….तर. आज म तिमि मनुज प्रति दुःख  ब्यक्त गर्छु  हिजो मेरो समीपमा आफूमा खुशी साटन खोज्नेहरु आज मै बाट टाढ़ियेर भाग्दै छन , हिजो मेरो यौवनको सौन्दर्य र अस्मिता  लुटनेहरु  आज मेरो जीबन नष्टको कठोर बोली बोल्दै हिडछन / कोही भन्छन गुलाबले त दुःख दिन्छ यस्तो काड़ेदार रुख किन रोप्यो होला यो पार्कमा भन्दै बायाँ लाग्छन् , कस्तो काढ़ा भएको रुख यसको  डाला डुली काटदे पो हुन्छ भन्दै  हिडछन / हिजो स्पर्श गर्दै सुगन्धको चुम्बन लिने हरु  आज मलाई फुलभरिमा  मन नपर्ने फूल गुलाब छोयो कि त च्वास्स पारिहालछ् भन्दै दुर्बचन लगाउदै मन रुवाउछन / हेर !! मनुज  खुट्टा चिफलिएर लडेको घाउले भन्दा जिब्रो चिफलिएर पाएको घाउको पीड़ा अति दर्दनाक बन्दो रहेछ /

साच्चैनै  आज मैले बल्ल जिउनु को पीड़ा भोगेको छू अर्थ बुझेको छ,मर्म बुझेको छू ,अनि जिबनको बास्तबिक परिभाषा बुझेको छू जून पाठ तिमि मनुजबाट भोग्न पाए,सिक्न  पाए / तिमि मनुज त अवसरबादी रहिछौ “ताक परे तिवारी नत्र गोतामे ” /

गुलाबको बेदना र मनुज प्रतिको घृणात्मक अभिब्यक्ति साच्चै नै यथार्थ  महशुस गर्दै मनुजले  सोच्न थाल्छन ” यो गुलाब र म एक भोगाईका दुई जिबन ” /

साच्चै नै हिजो मनुज संग प्रशस्त सम्पति थियो , सबैजना मनुज साहू जी भन्थे दुई दुई वटा बस एउटा काठमाण्डौ – काकड़भिट्टा अर्को महेंद्रनगर – काठमाण्डौ  पुर्ब गए पनि मनुज साहू जी पश्चिम गए पनि मनुज साहू जी / आहा!!!! कति हाई हाई  संसार थियो ……………./ समयको प्रबाह लेखान्तरले  सहेन ऊनको यो ख़ुशी र पाएको मान प्रतिष्ठा  केहि समयको अन्तरालमा एउटा बस सपना बगाउदै त्रिशुली यात्रामा निक्लियो  त अर्को दुर्घटनामा प्रहरी कब्जामा बिचरा मनुज साहू हेर्दा हेर्दै कहाँबाट कहाँ झरे घाइतेको उपचार गर्दागर्दै घरखेत भइसके /

हिजो धन थियो ,मान थियो  ,प्रतिष्ठा थियो, समाज थियो , आफन्त  थियो ,संसार थियो  तर आज धन छैन  ,  छ त केवल जीबनलाई निराशबोध  संगैको सहयात्री झै  झाँगिएको  गुलाबको रुख /

हिजो  मठमन्दिर, बाटोघाटो , स्कुल  भन्दै  सबैजना नमस्कार मनुज जी भन्दै  समाज उर्लिन्थ्यो  फर्किदा  आहा!!!!  मनुज जी हजुर त  हाम्रो कार्यक्रममा अतिथि स्वीकार गर्न पाल्नु पर्छ भन्थे ,  कोही  बरिष्ठ  अथिति ……..,कोही ले सभापति …….  , अनेक मान र आदरको होडबाजी गर्दै  रसीद च्यातदै ख़ुशी हुदै जान्थ्यो  यो समाज / यो बेला कति प्यारो थियो मनुजलाई यो समाज अनि समाजको लागि कति आबश्यक थिए मनुज / आज सम्झदा समाज र जीबनलाई  चिन्ने आधार पाएका छन ऊही गुलाबको रुख सरी आफुलाई /

 

हाल:-  योकोहामा,     जापान

२०१४-अप्रिल-२

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *