-Shova Juliet
किन हो किन.?
नुम्बुर तिमिलाइ
बेग्लै देख्छु
फरक लाग्छ
मन पटक्कै मान्दैन
के तिमी नुम्बुर नै हौ त.?
आजकाल
तिम्रो चिसो स्याँठले
कमजोर मुटुमा च्वास हानी रहन्छ
त्यो गगनचुम्बी उचाइले
चुप्पि बनेर अङ्ग प्रत्यङ्ग
घ्वाप घोची रहन्छ
अनि त्यो,
ड्याम्म परेका बडेमान छातिले
मेरो कोमल ह्र्दयलाइ
यति धेरै दुख्ने गरि
थिची रहन्छ कि
सायद !
जिवनमा कहिलै उठन सकिन्न
तैपनि
लाखौं कोसिस गर्छु
मनको बार्दलिमा बसेर
हेर्छु
नजिक देखिन्छौ
झन् टाढा लाग्छ
बिहानिको झुल्के घाममा पनि
तिमी फिक्का लाग्छ
जब
दिन ढल्दै जान्छ
तिमी झन खराब लाग्छ
बिर्सिएर फेरि
तिम्रो अाँगनमा
लडिबुडी गर्न खोज्दाखोज्दै
कता कता डर लाग्छ
तिमी पग्लेर बगाइ दिन्छौं
अनि
कहाँनेर लगेर थुपारी दिन्छौं
र
बिच अनकन्टारमा पार्छौ
त्यसैले
नुम्बुर अब नुम्बुर रहेन
बिस्वास कतै बचेन
के तिमी उहीँ अडिक हौ त.?
Please follow and like us: