मोहन राज खनाल (बर्मेली -राज)
 
आफ्नो स्वार्थको लागि मान्छेले मान्छे बटुल्छ
अनि संसारी मनहरूमा विविध विरोध फैलाउँछ
समय जञ्जालमा अन्जान मूर्खसरि दगुर्छ
कैयौं देशका युवा मनहरुलाई आहुति दिन्छ 
देश र भेष मातृभूमि र पुर्खौली अनेकानेक बहानामा
ओइराइदिन्छ आखिर पापी पेटको बहानामा
वीरताको गंभीर गीत सुनाएर
पगालिदिने हर युवा मनहरू 
विश्वको छुल्याईं कहिल्यै नघट्ने अवस्था
विद्वान मूर्खजीवि विस्फोटको सपनामै झुन्डिने
सम्राट बन्ने अगाध भावहरू बोकेर 
विश्व समूल नष्ट गर्ने मन्त्र पढेर
पहिलो विश्व युद्धका घाउहरू नभरिंदैं
दोस्रो घाउमाथि अजम्बरी घाउ दिएको अवस्था
कैयौं आमाहरूका काख रित्त्याएको अवस्था
कैयौं बुबाहरूको वास लुटिएको अवस्था
कैयौं अबलाहरूको विलयन रोदनका पछि
विश्वले अझै सकेको छैन सास फेर्न 
त्यतिले पुगेन 
प्रकृति शोषणमा लागिदियो समय 
रूख काटिए र सजिए नेताका घर  
जीव जन्तु मासिए रघटेर गए विस्वास 
अप्राकृतिक तापक्रम अवैधानिक ढंगले विश्वमाथि चाप दिँदो
कैयौं उपद्रवका पर्खालहरू समयसँग लड्न तयार
बुद्धिजीविहरूको मूर्खताको प्रतिफल 
आगामी युवा प्रणालीले बेहोर्नै पर्नेरु
हिमाल चोइटिन थाल्यो घाइते दिन बोकेर
शिखर पुरूषहरूको विखर यात्रामा
सिमाना अर्कैको हिमाल अर्कैको 
बुद्ध अर्कैको राम अर्कैको 
तीर्थ अर्कैको बत्ती अर्कैको
समय अनुकूल सास पनि अर्कैको
वातावरण अर्कै अर्कैमा 
समयलाई समयको साथ नमिलेसम्म 
मान्छेले मान्छेको स्वार्थ पूर्तिका लागि 
विविध विधानकै घर भत्काउने षड्यन्त्र 
नातावाद र पार्टीवादको समस्याले
एउटै रगत पनि हजार खोला बन्ने
अनेकानेक धाराको वियोगमा 
संसार सुम्पनु पर्ने 
आततायीहरूको महानता ठम्याउने समय
मान्छेले मान्छेको स्वार्थ पूर्तिका लागि
समयलाई नमिले सम्म समयको साथ ।
 
मोहन राज खनाल (बर्मेली -राज)
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *