आफ्नै जीवनका पाठ सिकौ दुखको जन्जिर भित्र
जहाँ पत्थर मात्र नपुजौ सदैब मन्दिर भित्र।।
हुदैन फरक कोहि एकै हुन सारा मान्छेहरु
पाप अनि धर्म भन्ने छुटिन्न आफ्नै शरीर भित्र।।
बाहिरी आदर्श छाड्दैमा असल हुन्न कोहि पनि
त्यसैले त वास्तबिकता देखिँदैन तस्बिर भित्र।।
भाग्यमा भर परे परिश्रम बिना फल पाईन्न
देख्दैन कसैले ,कसैको पनि आफ्नै तक्दिर भित्र ।।
बिप्लबी तेन्जु योन्जन
दिप्रुङ्ग गाउँ पालिका वडा न: ६ खोटाङ
Please follow and like us: