मनोरमा सुनुवार

बाबु र छोरा कुनै कामले जंगल गएका थिए| बाबु र छोरा को उमेरको फरक २५ बर्षको थियो| छोरा १० बर्ष र बाबु ३५ बर्ष का थिए| लक्का जवान भएपनि बाबुको पारा केटाकेटी थियो|| बनतिर जांदा गुलेली नछोड्ने| त्यस दिन पनि बाटो हिड्दै गर्दा खोलाको किनारमा रहेको एउटा रुखको ढुकुर को गुँडमा बाबु को नजर पर्यो| गुँडमा माउ ढुकुर बसेको थियो ,देख्ने बित्तिकै बाबु ले गुलेली चलाईहाल्यो||करिब  ९/१० वटा जति मटंयाग्राले हिर्कायो उसले ३/४ वटा ढुकुर को शरिरमा लागिसकेको थियो|यो सब घटना त्यो सुकोमल बालकले हेरीरहेको थियो|आफ्ना बुबाले ढुकुरलाई हाल्न लागेको एघारौं गुलेली बालकले हातले रोक्दै  मलिन अनुहारमा भन्यो “बाबा छोड्नुहोस्,नहान्नु त्यसलाई…| ” यति सुनिसकेपछि हाँस्दै छोराको अनुहारमा हेर्दै भन्यो ” मासु खादैंनस्…?”  बाबाको प्रश्न नसकिदै बालकले टाउको हल्लाईसकेको थियो ,नखाने अर्थमा||यसपछि बाबाले गुलेली फालिदियो| उसले छोराको अनुहार पढ्यो एकैछिनमा र अनुमान लगायो उसको पिडा|| अनि अनुमान लगायो ढुकुरको दुखाई….  मनमनै सोच्यो कति दुख्यो होला बिचरा उसलाई…|सोच्दा सोच्दै  पागल भयो उ| आफुले गल्ती गरेको महसुस गर्यो| उसले मनमनै भन्यो  मैले जीवनमा धेरै चरीको जीन्दगी भत्काएँ अब यसो गर्दिन|| उसले आफ्नो छोरालाई धन्यबाद दियो|| तिनीहरु घर फर्के||छोराको कारणले बाबुले सिक्यो…चरीको जीवन बाँच्यो|उसको खुसी जीवित रह्यो||

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *