अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति ,
एकतर्फी गरियो निर्णय , भुलेछु लिन सम्मति ।
तस्बिर मात्र देखेको हो , भेट हाम्रो छैन ,
भेटेर फूल दिने मन छ , दिन्छौ कि अनुमति ?
मेरो रोजाइ सिर्फ तिमी , अरू कोही छैन ,
दिल माग्न धेरै अाए , दिइन कसैलाई स्वीकृति ।
सुख दु:ख सँगै काटौँला, ठूलो चाह छैन ,
सूर्य भइ म उदाउँला , तिमी बन धर्ती ।
राजकुमार राईन.पा.गोलबजार-२,
सिरहा,
नेपालरचना मिति : २०७५/१०/०९
Please follow and like us: