पैसा राम्रै कमाएर तहलाए छिमेकीले
रिस गर्नेको मन अब बहलाए छिमेकिले
रिस गरेर जल्नेहरु इट्टा पोल्ने कोहिला भाछन्
छोरा छोरी तेस्तै ज्ञानी लहलाए छिमेकिले
किनि खानु पर्या छैन युरियासरि त्यो तरकारि
आफै खेती पाती गर्छन सहलाए छिमेकिले
बिदेश बस वा देश बस माया देशकै हुनु पर्छ
उदाहरण आफु बन्दै कहलाए छिमेकिले
यस्तो मिहिनेती मान्छे अरु पनि हुने भए
दूध महिको घरभरी दहलाए छिमेकिले
Lilanath Ghimire
Please follow and like us: