– राजब

कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो ।
नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका
तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै
थिए । तीमध्ये तीन बाहुन थिए । बाँकी दुई अरू नै जातका थिए । सम्मेलनको पहिलो
साँझको रात्रीभोजमा अरू सभागीले झैँ आआफ्नू गिलासको स्कचको चुस्की लिँदै भारतीय
कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य उपलेन्द्रनाथ चट्टोपाध्यायले नेपाल कम्युनिष्ट पार्टीको
पोलिटव्युरो सदस्य खिलप्रसाद उपाध्यायसँग सोध्छ— “उपाध्यायजी तपाईं ब्राह्मण हैन ?”
“हो ।” कमरेड खिलप्रसाद सगर्व भन्छ ।
कमरेड चट्टोपाध्याय कमरेड खिलप्रसादसँग अलि पर एक युरोपियन कम्युनिष्ट
पार्टिको प्रतिनिधिसँग गफमा मग्न भइरहेको खिलप्रसादकै पार्टीको केन्द्रीय सदस्य कृपासुर
शर्मालाई देखाउँदै फेरि उत्सुक सोध्छ— “उहाँ तपाईंकै….. ?”
“हो, तर उहाँ केन्द्रीय सदस्यमात्र हो ।” चट्टोपाध्यायको प्रश्न नटुँग्गिदै खिलप्रसाद
झट्ट भन्छ ।
“मेरो भनाइ के भने उहाँ पनि ब्राम्हण नै हुनुहुँदोरहेछ हैन ?”
“हो तर उहाँ जैशी हो ।”
“भत्राले ?” चट्टोपाध्याय उत्सुक हुन्छ ।
“भत्राले के भने, उहाँले तपाईंसँग ब्राम्हण हुँ भत्रुभयो होला, तर उहाँ सेकेण्ड ग्रेडको
ब्राम्हण हो, त्यस्तो ब्राम्हणलाई हामी जैशी भन्छौँ ।”
“ए, पार्टीको पोजिसनझैँ जातमा पनि तपाईं उहाँभन्दा माथि हुनुहुँदोरहेछ ।”
गर्वले “ ओ, यस यस ।” भन्दै खिलप्रसाद चट्टोपाध्यायसँग फेरि सोध्छ—“तपाईंकहाँ
पनि सेकेण्ड ग्रेडका होलान् नि !”
“छन्, छन् ।” भन्दै कमरेड चट्टोपाध्याय भन्छ— “तर चट्टोपाध्यायहरू सबै फस्ट
ग्रेडकै ब्राम्हण हुन् ।”

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *