बनिन्छ कहिले देवदूत् यही मान्छे
र हुन्छ लोकमा अछुत् यही मान्छे
मान्छेले बेच्छ मान्छेकै मर्यादा
कमाउछँ दौलत अकुत् यही मान्छे
मान्छेले मान्छे न चिन्न सक्यो
धर्तीमा करोडौं सपुत् यही मान्छे
घाममा निदाइ ताराबिच जाग्छ
विवेकी भलाद्मी प्रस्तुत् यही मान्छे
सुनियो असाध्यै झुठो तिम्रो नारा
मान्छेकै बिरुद्ध बहुत् यही मान्छे
प्रवीण नेपाल”सिन्धुपाल्चोक
Please follow and like us: