मातिदैछ्न नेता,ती प्यारा भोट ले हुनु पर्छ ।
कुरा मै सिमित ती,झुठा अठोट ले हुनु पर्छ ।
किन रुदैछन यी आँखा सिरानी भिजा’र ।
सम्हाल्नै नसक्ने ति,गहिरा चोट ले हुनु पर्छ ।
लाग्यो परदेश उ एका बिहानै झोला बोकेर ।
अभाबै अभाब का ति काला नोट ले हुनु पर्छ।
बिचरा लड्यो माथि बाट भन्नै पाएन ऐया ।
पैसा फल्ने अफ्ट्यारा ती बोट ले हुनु पर्छ ।
मदनकृष्ण चम्लागाँई
अर्जुनधारा झापा
हाल कतार
Please follow and like us: