यो दशैमा घर आउने मन मेरो पनि थियो
टिका जमरा लगाउने मन मेरो पनि थियो
आशीर्वाद थाप्ने बेलामा बुवा आमाको अगाडि
यो सानो शिर झुकाउने मन मेरो पनि थियो
कति झुक्याउनु परिवारलाई यस पटक
साँच्चिकै स्वदेश धाउने मन मेरो पनि थियो
मरुभूमिमा मात्र किन आफ्नै घरदेश पुगी
खुशिको आँशु बगाउने मन मेरो पनि थियो
चाड पर्वमा प्रदेशीले यस्तो सम्म सोचि दिन्छ
आफन्त संगै रमाउने मन मेरो पनि थियो
छविलाल आर.एम ‘घायल’
स्वर्गद्वारी न.पा २ प्युठान
हाल दक्षिण भारत केरला
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar