खुसी थोरै अनि अभिलाषा धेरै छ,
जस्लाई हेर्यो यहाँ दुखी धेरै छ,,
नजिकबाट रेतको घरलाई देख्या त छ,
तर टाढाबाट यस्को शान धेरै छ,,
भन्छन् सत्यको कुनै शान छैन,
तर आज झुट्को आन्-बान धेरै छ,,
धेरै गार्हो छ यहाँ चहिएको बेला कोही भेटिन,
तर यसै यहाँ मनुस्य धेरै छ,,
तिमी आफनो वफदारिको बाटोमा हिँडी राख,
तर होश गर यो बाटोमा तुफान धेरै छ,,
समयमा चिनिन्दैनन् यो बेगलई कुरो हो,
तर नाम यहाँ सबैको छ । ।
Please follow and like us: