आमाले देको खाए झैँ काहा हुन्छ र जिबन
वावाले दिएर लाए झैँ काहा हुन्छ र जिबन
दु:ख को कमाई छ,पसिना मा डुबी
आफ्नो मनले चाए झैँ काहा हुन्छ र जिबन
डर,त्रासले सताउछ परिश्रम गर्दा
पाखामा गीत गाए झैँ काहा हुन्छ र जिबन
रातदिन खट्नु पर्छ झुकाएर शिर
डिस्को र रोधी धाए झैँ काहा हुन्छ र जीवन
तड्पिएर बाँच्नु पर्छ बिछोड मा यहाँ
अर्का ले पस्केर खान पाए झैई काहा हुन्छ र जीवन
जिउनु पर्छ सम्झना मा आँशु संगै
मन्को महल छाए झैँ काहा हुन्छ र जीवन
Please follow and like us: