कालो मुख पारेर रिसले नहेर कहिल्यै भन्छु म तिम्लाई
बिषले हुन्न घात अरुको नहेप कहिल्यै भन्छु म तिम्लाई।।१।।

न उठ्छ समाज रिस रागले बरु आफैमा भासिन्छ झनझन
क्रोध पालेर अति रिसले नखेद कहिल्यै भन्छु म तिम्लाई।।२।।

हुन्छ र फाइदा सौदामिनीको त्यो गर्जनमा सगर थर्काइ
ईर्ष्या मोलेर अति क्रोधले नरोक कहिल्यै भन्छु म तिम्लाई।।३।।

आत्मा-आवरण वरिपरी तिम्रै खोजी हेर सत्यका कुरा
सत्य बेचेर अति झुठले नबोल कहिल्यै भन्छु म तिम्लाई।।४।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *