– विनाेद नेपाल

ठट्टा गर्ने बानी थियाे उनकाे । उनकाे ठट्टाले धेरैलाई मनाेरञ्जन दिन्थ्याे । यसैले मानिसहरु प्राय: उनलाई घेरिरहन्थे । टाेल, छिमेक उनकै चर्चा हुन्थ्यो । फुर्सदिला मान्छेहरु उनकाे प्रतीक्षामा हुन्थे ।

राजनीतिक परिवर्तन भयाे । जसले धेरै मान्छेकाे समर्थन जुटाउन सक्याे उसैले माैका पाउने व्यवस्था आयाे । यही मेसाेमा उनलाई पनि उकास्ने धेरै भए । उम्मेदवार बने । नभन्दै चुनाव जिते । चर्चामा रहे ।

न बिचार , न कुनै सिद्धान्त र आदर्श, राजनीतिकाे ‘ र’ पनि नजानेकाे मान्छे राजनीतिमा गए पछि के हुनु थियोे ? उनी भुईंमा न भांडामा भए । कहिले कस्काे र कहिले कस्काे समर्थन गर्दागर्दै अन्ततः कसैकाे रहेनन् । सबैकाे अविश्वास र आशंकाका पात्र बने ।

फेरि चुनाव आयाे । उनी उम्मेदवार बने । मत माग्न मतदाता सामु पुगे । चकित र आक्राेशित मतदाताहरुले प्रश्न गरे ‘ किन दिने तपाईंलाई मत ? अरुले कति गरेका छन्, तपाईंले न हामीलाई बनाउनुभयाे, न ठाउँको लागि नै केही गर्नुभाे’ ‘ त्यत्राे याेजना अघि सारेर मत कुम्ल्याएकाे मान्छे खाली हात मत माग्दै आउन लाज लागेन ?

‘लाै, के कुरा गर्नुभाकाे यहाँहरुले पनि । मैले याे ठाउँलाई यति धेरै चर्चामा ल्याएँ, कसैले नचिन्ने याे गाउँलाई अहिले मेराे नाम लिनासाथ सबैले चिन्छन् ।’ ‘चर्चामा आउनु सानाे उपलब्धि हाे, थाहै छ नि चर्चामा आउन नसकेको भए म कसरी चुनाव लड्न सक्थें ? यहाँहरुले चर्चामा ल्याईदिनुभाे, चुनाव जितें ‘ उनले भने,’ पहिलाे कार्यकाल ठाउँलाई चिनाउन र चर्चामा ल्याउनमै बित्यो , अब चाहिँ यहाँहरुकाे सुखसुविधा र ठाउँको विकासमा लाग्नुपर्छ । ‘

श्रोत : लघुकथा कुनो (प्रकाशित मिति : २०७७।०१।३१)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *