-ज्ञानी राजा मानन्धर
काठमाडौं !
आफु खाइ नखाइ हुर्काएका एक मात्र छोराले उच्च शिक्षाका लागि बाहिर गएर पढ्न जाने इच्छा राखेकोले पुर्ख्यौली जग्गाको एक टुक्रा बेचेर पठाइदिए बेलायत , भोली पर्सी आफु अशक्त हुँदा छोरोले हेरी हाल्छ नि भन्ने आसमा ! त्यहां गइसकेपछी शुरु शुरुमा त क्ष्यन क्ष्यनमा सम्पर्क गरिरहन्थे छोरो ! बिस्तारै त्यो कार्य रोकियो !
एकदिन एउटा ठुलै खाम पठाएको रहेछ छोरोले ! आमा बाबु दुबै खुशी भए ! छोरोले बिदेस बाट धेरै पैसो कमाएर पठाइ दिएको होला भनी खुट्टा भुइंमा थिएन दुबैको ! तर त्यस्को बिपरित भयो ! खोलेर हेर्दा निराश भए दुबै ! त्यस भित्र बेलायतमा कुइरे केटी संग बिहे गर्दाको केही फोटो र सँगै एउटा चिट्ठी पनि सँलग्न गरिएको थियो ! जस्मा लेखिएो थियो कि
” बा , आमा ! प्रणाम ! मैले यहाँ एक बिदेसी केटीसँग बिहे गरें ! हजुरहरुको आशिर्वाद लिन उसलाई सँगै लिएर ५ , ६ दिनको लागि नेपालमा आउँदैछु ! उनिलाई हाम्रो झुप्रोमा राख्न अलि अप्ठेरो महशुश हुने भएकाले बा हजुरले एउटा राम्रो होटेल बुक गरीदिनु होला भन्ने पनि आशा लिएको छु ! बाँकी भेट पछी !”
छोरो बिदेस बाट आए नेपाल ! एअरपोर्ट्बाट बाबुलाई फोन गरे !
बाबुले फोनमा ” आइपुगीस् ?”
” आइपुगें बा ! हजुरले हाम्रो लागि कुन होटेल बुक गरिदिनु भयो त ?”
” मैले गर्न भ्याएन छोरा ! तिम्रो चिट्ठी आएको भोली पल्टै हामी तिर्थ यात्रााको लागि निस्कें एक महिनाको लागि !”
श्रोत : लघुकथा कुनो