गाउँको बीचमा एउटा स्कुल थियो । स्कुलकै आडमा एउटा घर थियो । त्यो स्कुलको बुइँगलमा एउटा उल्लु बस्थ्यो । घरको रछ्यानमा एउटा मकैको बोट उम्रियो र हलल् बढेर छिट्टै सुत्ला च्याप्यो । उल्लुले देखिरहेको थियो । वरपर बारीमा त्यो भन्दा पहिला उम्रिएका मकैका बोटहरु त्यति ठूला र सप्रिएका थिएनन् । तर रछ्यानको मकैको बोट भने लहलह परेको थियो । दिनभर उल्लुको केही काम नहुने भएकाले बुइँगलमा बसेर कक्षाकोठामा पढाएको सुनिरहन्थ्यो । एकदिन उसले “फोहरमा बस्नु हुँदैन । फोहर चिज खानु हुँदैन । त्यसो गर्दा हामीलाई डरलाग्दा रोगहरु लाग्न सक्छन् । हामी कमजोर हुन्छौं, रोगी हुन्छौं र ज्यानै जान पनि सक्छ ।” भन्दै कक्षामा शिक्षकले पढाएको सुन्यो । उसले सुनेको र देखेको कुरामा मेल खाएन । उ दोधारमा प¥यो । उसको मनले प्रश्न ग¥यो, “शिक्षकले भनेको ठीक हो भने त्यस्तो फोहर रछ्यानमा उम्रेको मकैको बोट चाहीं कसरी झन सप्रिएको होला ?” त्यो कुराको निक्र्योल नगरी उसको चित्तै बुझेन । भोलिपल्ट उसले मकैसँग सोध्यो, “ए मकै भाइ, तिमी यस्तो फोहरमा पनि कसरी बाँचेका छौ हँ ? फोहरले त हामीलाई कमजोर र रागी बनाउने होइन र ?” मकैले मुसुक्क हाँस्दै भन्यो, “कमजोर हुने कि झन बलियो हुने भन्ने कुरा त हामीले त्यसबाट के ग्रहण गर्छौ भन्ने कुरामा भर पर्छ नि उल्लु दाइ । यो रछ्यानको फोहरमा मलाई चाहिने पौष्टिक तत्वहरु, पानी र लवणहरु प्रसस्त छन् । म छानी छानी उपयोगीे तत्व मात्र ग्रहण गर्छु । त्यसैले म बलियो, निरोगी र कलकल परेको छु ।” अझै उल्लुको चित्त बुझेन र फेरी सोध्यो, “त्यसो भए सबैभन्दा बाठो प्राणी मान्छे चाहीं किन रोगी हुन्छ त ?” मकैको बोटले भन्यो, “मान्छे बाठो भएर के गर्नु र दाइ ? मान्छेको विवेक हराउँदै गएको छ । उसलाई अहम्ताले अन्धो बनाएको छ । वातावरणका असल तत्व नछुट्याई ग्रहण गर्नाले मान्छे बिभिन्न किसिमका रोगहरु आफै निम्त्याइरहेको छ ।