सगाेलकाे घर बेचेर दाजु भाईमा अंश बण्डा भएपछि काेठाभाडामा बस्दै अाएकी मुनाकाे परिवारलाई एउटा घरकाे अावश्यकता थियाे। भाडामा बस्दा भाेगेका समस्या र पीडा थुप्रै थिए उनका ।शुरूमा बस्दाकाे काेठाभाडा बडेर अहिले दाेब्बर तेब्बर भैसकेकाे थियाे। भाडामा बस्नेलाई दाेस्राे दर्जाकाे नागरिक झै साेच्थे घरबेटीहरू। भाडावाला भनेर हेपेकाे सुन्दा नमिठाे लाग्थ्याे उनलाई।साँझ अफिसबाट श्रीमान फर्केपछि उनले भनिन् । ” अस्ति हेरेकाे घर जसरी पनि किन्नुपर्छ।”मुनाकाे जिद्दी कुरा सुनेर उनकाे श्रीमानले भने। ” पैसाकाे ब्यवस्था गर्न सकिएला र भन्या भन्नेबित्तिकै । तिमी पनि नसक्ने कुरामा धेरै जिद्दी गर्छ्याै मुना! ” ” हजुर अाँट गर्नुस्। केही पैसाकाे ब्यवस्था म पनि गर्छु।” मुनाले ढाडस दिदै श्रीमानलाई भनिन्। घर लिने निर्णय भयाे। नपुग पैसा कसरी जाेह गर्ने श्रीमानले साेधे। ” गाउँकाे पुर्खाैली जग्गा बेचिदिउँ।”मुनाले भनिन्। छाेराले पुर्खाैली जग्गा बेच्न मानेन।गाउँमा पछि केही व्यवसाय गर्नुपर्छ छाेराकाे तर्क थियाे। भाेलिपल्ट मुनाले दराज खाेलिन्। अाफ्ना भएका सबै गहना गुरीया झिकिन। हजुरअामाले दिएकाे नैनासुतकाे रूमालमा उनकाे अाँखा पर्याे।”नानी! याे मेराे चिनाे तँलाई। दु:खमा काम लाग्छ सक्छ। मलाई मेरी अामाले दिएकाे। लगेर जतनसाथ राख्नु याे शिरफूल।” हजुर अामाले शिरफूल ब्याकमा राखिदिदै भन्नुभएकाे थियाे।मुनाले नैनासुतकाे रूमालबाट शिरफूल निकालेर धेरैबेर अाेल्टाई पल्टाई गरिरहिन्। याे शिरफूल हजुरअामाकाे चिनाे भाे मास्दिन। अर्काे मनले भन्याे याे शिरफूल लगाएर हिड्ने जमाना पनि छैन। याे पुरानाे गहना। अहिले सुनकाे मूल्य बढेकाे बेला बेचेर घरमा हाल्छु। घरपनि त गहना हाे। उनले शिरफूल बेचिन। श्रीमानले संचयकाेषबाट जम्मा भएकाे रकम निकाले । केही ऋण धन गरेर घर किने। डेराबाट घर सरेकाे दिन मुनाले घरकाे छतभरि शिरफूल फुलेकाे देखी ।