“केटाहरूसँग टाँसिएर हिँड्दा लाज लाग्दैन तँलाई ?” असैह्य भएपछि बाउको नाताले दयारामले छोरीमाथि आक्रोष पोख्यो ।छोरी पनि के कम ! रिसालु आँखाले बुबातिर हेर्दै भनी, “बुबा यो पुरानो संस्कार बोकेर बाँचेको तपाईँको देश होइन । यहाँ हामीजस्ता युवतीहरू स्वतन्त्र रुपमा हिँड्न पाउने कानुन छ । म जे गरुँ, जसो गरुँ तपाईँलाई के चासो ?”छोरीका कुरा सुनेपछि दयारामको छाती चसक्क चस्कियो । मन भने नेपालतिर फर्कियो ।अधिकृत स्तरको जागीर, सहरमा सानो घर, दुई चार जना हाइ–हेल्लो गर्ने साथीभाइ र आफन्तहरू । उसले श्रीमतीको डिभी परेको थाहा पाएर खुशीले उफ्रेको घटना पनि सम्झियो । त्यसपछि मनमनै भन्यो, ‘त्यस्तो रजगज छोडेर आइयो । अहिले सानातिना काम खोज्दै हिँड्नु परेको छ ।’त्यस्तैमा कोठाबाट बाहिर निस्कँदै श्रीमतीले भनी, “छोराछोरीहरू आफ्नो खुट्टामा आफै उभिने भैसके । नानीदेखि लागेको बानी अझै छुटेको छैन । यो गनगन कहिलेदेखि छुट्ने हो कुन्नि !”दयाराम केही बोलेन । अपराधीजस्तै घोसेमुन्टो लगाएर सोफामा बसिरह्यो ।छोरी बोली, “बुबा अबदेखि मेरो बारेमा टिकाटिप्पणी गर्ने वा मलाई असल बाटो देखाउने शाहस नगर्नु होला, भन्द्याछु ।”श्रीमतीले थपी, “सकेको काम गर्नु, चूप लागेर बस्नु । बुढेसकालमा किचकिच गरेको राम्रो हुँदैन ।”दुईतिरबाट आएका तीखा शब्दबाण काट्न दयारामलाई हम्मेहम्मे पर्‍यो । केहीबेर सोचेपछि उसले भन्यो, “चारैतिर कोरोना भाइरस फैलिएको छ । मान्छे मर्ने क्रम जारी छ । यस्तो बेलामा सामाजिक दुरी कायम गर्दा राम्रो हुँदैन र ?”

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *