बिहान आंखामा घाम परेपछी कर्णबहादुर शाही ब्युंझियो।सत्र अठाह्र घन्टाको टिपरको यात्रा एबं दिन भरको पैदल यात्रा पछि जिउ थिल्थिलो भयको थियो।आंखा खोल्ने मनै भयको थिएन।खुल्ला सडक पेटिको सुताइ एबं त्यसमाथि हिन्दुस्तानको बैशाख महिनाको बिहानि घाम आंखामा परेपछी उ निदाई रहन सकेन।संगै साथी भिम बहादुर शाही र नर बहादुर भण्डारी पनि उठे।धन्न रुपेडिया सम्म आइ पुगियो हिन्दुस्तानको दुर शहरबाटबाट नेपालगन्जसम्म पुगियो भने आफ्नो देश पुगियो घर त अझ्झ त्यहाँबाट धेरै टाढा जुम्ला सिंजा हो,बिस्तारै पुगियला।मरिहालें भनेपनी आफ्नो देशमा मर्न पाइन्छ।पाइला राख्न ठाउँ नहुने रुपेडिया बजारको ठुलठुला घर फराकिला बाटो निर्जन र सुनसान थियो।बाटोमा भुस्याकुकुर दुई चार वता र एक दुइजनाअर्द्धपागल लाग्ने माग्ने बाहेक कोहि थिएन।तिनिहरुलेआफुसंग भयको केहि फुका सुखा खाए र केहि तातो खाने ईच्छा थियो।गल्लितिर गय पछि बल्ल एउटा चिया पसल खोलेको भेटियो।लगातार दुइ दुइ कप चिया खाय पछि देश छिर्नु पर्यो भनेर बिचार गरे।उनिहरुलाई कहिले नेपाल छिरुं जस्तो लागेको थियो।सिमानामा पुग्दा तगारो राखेर बन्द गरेको थियो।ज्यानको बाजी राखेर सिमासम्म आइपुगेर पनि आफ्नो देश छिर्न नपाउउंदा झनै निराश र आक्रोशित भयो कर्णबहादुर ।”देश भित्र छिर्न पनि केको तगारो एकान्तबास बस्नु परे नेपालमैं बसौंला यो घोर अन्याय हो” भनी मुठ्ठी कस्दै कर्णबहादुर करायो।देशमा आफ्नै पार्टिको सरकार छंदा पनि आफै अनागरिक जस्तो हुनु परेकोमा साह्रै चित्त दुख्यो।दुइचार सय पांचसय दिनु परेपनी छिर्ने उपाय होलाकी भनि खोज्यो उपाय लागेन।भारत सरकारको एकान्तबासमा लगियो।अरु थुप्रै नेपालीहरु संगै कर्णबहादुर र दुई साथी पनि बसे।घरमा रहेका केटाकेटी श्रीमती र बुढी रोगि आमा सम्झन्दै चौध दिन बितायो।शुरुमा भनेको चौध दिन पछि पनि घरपठाउने सुरसार अझै थिएन।घरी घरी नेपालको समाचार सुन्थ्यो काठमाडौमा सत्ताको लुछा चुंडी भइ राखेको समाचार सुन्दा कर्णबहादुर झनै निराश भयो।आफुलाई अढाइ बर्ष अगाडी भोट राखेको गलत ठाउँमा परेको अनुभुत भयो। कर्णबहादुरलाई साह्रै दिक्दारी भयो।खान पनि रुचेन।निन्द्रा पनि राम्ररी परेन। जिउ भारी भारी भइ राख्यो।घरि छाती दुखे जस्तो हुने,उठ्दा रिंगटा लाग्ने छिनमा पसिना आउने र छिनमा जाडो भय जस्तो हुनलागेको थियो।घरी घरी नेपालको समाचार सुन्थ्यो।देशको सीमा बाहिर रहेका नेपाली भित्राउने कुनै चतारो नसुंदा मरुंनै जस्तो लाग्थ्यो।बल्ल बाइसौं दिनमा उनिहरुसहितको एक झुण्ड नेपालीको समुह नेपालको भंसार नाका पासगरी नेपालगन्ज पुर्याइयो।एउटा स्कूलको कपाउण्डमा ज्वर जांचगर्न लाइनमा राखियो।दश बाह्र जनाको लाइन पछाडी कर्णबहादुरको पालो थियो।दुई या तीन जनाको ज्वरो नाप्न सकियको थियो।अलि अगाडी सर्न खोज्दा कर्णबहादुर भुद्रुक्क लड्यो।दुइ साथीहरुले उचालेर स्वास्थकर्मी छेउ ल्याउंदा हिक्क गरेर अन्तीम स्वास फेर्यो।उस्को हातमा एक मुठ्ठी माटो थियो ,बिस्तारै मुठ्ठी फुस्कियो।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *