—” कोपिला, के प्रेममा मिलन जरुरी छ ?” मायाँले एक दिन सोधेकी थिई यो प्रश्न |मायाँ मेरी सहेली, ११कक्षासम्म साथी | उसको जीवनमा एउटा मोड़ आएको थियो |प्रेमीले अर्की केटी लिएर टाप | ” साथी,प्रेम वियोगमा मात्र प्रेम हुन्छ |प्रेमको गन्तव्य तड़प हो —प्रेम मम –चाउ चाउ नास्ता गरेजस्तो होइन | “यति उत्तर दिएकी थिएँ |मेरो मनमा पनि एउटा “पवित्र विम्व “थियो …..”अशोक “उसको नाम, दमकमा दिदीको घर गएको बेला ‘एक नजर ‘देखेको थिएँ ……..अरे “त्यो मुहार,जुल्फी,लजाएका आँखा …ऊ पो केटी जस्तो …..तर भेट ….उही एक पटक |मेरो “कोरा कागज़ –कुमारी मनमा,अशोक छाप बसेको थियो | अनेक प्रयत्न गरें भेट्न,तर ऊ गायब | २५ बर्षपछि मुहार पुस्तिकामा भेट भयो |उसले चिन्न सकेन |हाम्रो वार्ता :—-” मलाई चिन्नसक्नुहुन्छ ?” मेरो पहिलो प्रश्न |”कता कता देखे जस्तो लाग्छ |तर कन्फ्यूज्ड !”अशोकको उत्तर |मैले २५ बर्ष अघिको एक दिनको “४ आँखा “भएको दृश्य समझाएपछि उसले पनि त्यो दृश्य सम्झियो |मलाई बहुत सम्मान गर्यो |ऊ अहिले सिड्नी पुगेको रहेछ | मैले लाज नमानी मनको कुरा भनें,”एक पवित्र विम्व भएर मेरो मनमा रहनु भएको छ |म ‘जोगन मीरा हूँ ‘मेरो दाम्पत्य जीवन पूर्ण सफल र सार्थक छ | तर यो मन भनेको मन,एक पटक हजूरसित भेटने रहर छ —यसको अन्य अर्थ लगाउने होइन नि –हजुरको पनि परिवार छ र मेरो पनि आफ्नो सुन्दर सन्सार छ —दोस्ती पवित्र हुन्छ, यसमा अरू कुराको स्थान हुन्न ……अशोकजी, नेपाल आएको बेलामा धरान आउनु होला –सपरिवार ….एक रात हाम्रो पाहुना |मेरो पतिलाई पनि मैले हजूरलाई ‘असल साथी ‘भनेर चिनाएकी छू |मुहार पुस्तिकाको युगमा उहाको पनि केही “देवी साथी “मेरो पनि “देवता साथी “—सामान्य रुपमा लिएका छौं | मेरो अध्यादेश फिरता नहोस है अशोकजी !””सिओर सिओर ” उसको जवाफ आयो | मनमा खुशीको लहर छायो | ” के नाता नपर्ने दुई विपरीत लिंगी असल मित्र हुनु अपराध हो र ? ” मनले मनसित सोध्यो |”न बिराउनु न डराउनु ” यही सम्झिएँ | अशोकको वालको छोटो कविताभित्र हराएँ | २५ बर्ष अघि देखेको “लुरे अशोक “अहिले –तस्वीरमा –गजराज भएको देख्दा कस्तो कस्तो लाग्यो |”साथी,भेट है !” मनमा यस्तो भाव आयो |ग़ज़ल बनाएँ |”पवित्र हो नाता हाम्रो म हूँ जोगन मीरा एक विम्व तिमी मेरो कोहीनूर हीरा !!”पोस्ट गरें |पहिलो लाइक र कमेन्ट अशोकको नै आयो —आश पनि यही थियो |
10104 commentsLike
Share