आज बाल्यकालका स्मृतिहरु ताजा भएर उठे । लाहौरका गल्लीहरु रंगीविरंगी भएर आँखाका अगाडी नाच्न लागे । थाह छैन मन पनि कहिले कहिलेका चित्रहरु आफूमा समेटेर बसेको छ । कहिल्यै यसलाई खोलेर त हेर्नुस् आफै पनि दंग हुनुहुनेछ र भन्नुहुनेछ कि यो सबै त मलाई पनि याद थिएन । मन कहिले के भित्रबाट निकालेर तपाइर्ंका अगाडी राखिदिन्छ यो त तपाईं लाई पनि थाहा हुदैन । यस समय लाहौर याद आउनुको कुनै प्रसंग या कारण थिएन तर मनले जसरी बलपूर्वक तानेर अतीत तिर लिएर गयो ।
त्यस समय म स्कूलमा पढ्थे । जहिले पनि खाना खान बस्थे रोटी तात्तातो हुन्थ्यो । त्यसलाई चिसो बनाउनका लागि रोटी बाहिरको आवरण निकालिदिन्थे । त्यस समय हाम्री आमा भन्नुहुन्थ्यो “नानी कसैको आवरण निकाल्नु राम्रो कुरा होईन । यस्तो गर्नु हुदैन ।”
अब म सोच्दछु कि कति सानो कुराको माध्यमबाट आमा कति ठूलो कुरा भन्नुहुन्थ्यो । सारा जगत वस्त्र लगाएर घुम्छ तर वस्त्र भित्र सबै निर्वस्त्र छन् । म पनि तपाई पनि सबै नै । यसै गरी शरीर सुन्दर छ तर सबैका मनमा मैलो भरिएको छ । जुन घर देखिएको छैन त्यही मात्र सफा छ । कुन घर छ जसमा काम क्रोध लोभ मोह अभिमानले डेरा नजमाएको होस् ! हामी आफूमाथि खास्टो तानेर आफू आफूलाई ढाक्ने प्रयत्न गर्छौं तर अर्काको शरीरमा भएको खास्टो निकालेर । उसलाई जगतको जाडो गरमी सहनको लागि खुला छोड दिन्छौ । जगतका सबै जीवहरुको तरिका यस्तै नै छ कसैको धेरै कसैको थोरै मात्र हो । एक सन्त नै हो जो आफनो खास्टो दिएर अर्कालाई ढाकिदिन्छ ।
बिहान घुम्न निक्लेका समयमा मैले महाराजश्री सँग बाल्यकालका यी स्मृतिका सम्बन्धमा चर्चा गर्दा भन्नुभयो- “हो भाइ, जगतको त तरिकै यस्तै छ, जसलाई हेर्यो त्यै अर्काको खास्टो तान्न मै लागेको हुन्छ । अर्काको दोष देख्न, दोषहरुको अनुमान लगाउँन, कल्पना गर्न, सुनिसुनाईमा त्यसलाई सत्य मान्नु तथा अर्काको दोषलाई उडाउँनु । कसैले त्यो दोषलाई झूटो सिद्ध गरे पनि त्यसमा जिद्धि गर्नु, यो सबै त जगत गर्छ । भन्नलाई त भन्छन् कि जो शीशाका घरमा बसिरहेको छ उसले अर्कालाई ढुङ्गा हान्नु हुदैन, किन्तु यहाँ त सबै शीशा कै घरमा बसिरहेका छन् तथा सबै एक अर्कालाई ढुङ्गा हानिरहेका छन् । होईन भने को क्रोध, मोह, अभिमान देखि अछूतो छ । को छ, जसलाई काम लोभ तथा आसक्ति ले पासामा नपारेको होस्, जो आफ्नु बुद्धिमताका नशामा चूर नभएको किन्तु आफ्नु कम्जोरीलाई नहेरी अर्काका कम्जोरीहरुलाई निकालिरहेका छन् । हावामा उडाई रहेका छन् । एक महात्मा थिए ईरानमा । राजाको आज्ञा भयो कि यसलाई ढुङ्गा हानेर मार दिनु । मानिसहरु ढुङ्गाका बर्षा गराउँन थाले । एक जना अर्का महात्मा घुम्दै देखापरे र भने कि त्यही व्यक्ति यिनीलाई ढुङ्गा हान जसले जीवनमा स्वयं पाप नगरेको होस् । सबैका हात रोकिए । यसैगरी सबै अन्धा छन् किन्तु अर्कालाई अन्धो अन्धो भनेर जिस्क्याई रहेका छन् ।
न त कसै सँग समय नै छ न त रुचि नै ता कि सोचेर पर्खिएर बिषयवस्तुको गहिराईमा जान सकुन । बास् देखासिकीमा ढुङ्गा हान्न मै लागेका छन् । जो ढुङ्गा हान्दैनन् उसलाई मूर्ख भनिरहेका छन् । तिनीहरु यो बुझ्दैनन् कि आज तिमी ढुङ्गा हानिरहेका छौ भोलि तिमीमाथि हान्ने छन् । आज तिमी निर्वस्त्र गर्नलाई लागेका छौ भोलि तिमी हुनेछौ । संसारको नियम हो जो आज जस्तो गर्छ भोलि उसका साथ पनि त्यस्तै नै गरिने छ ।”