स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ ।
परिचय
Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो । यस्ता कृतिहरू हल्का, घटिया, असत्य र काल्पनिक हुन्थे । त्यसपछि प्रचीन फ्रान्सेली भाषामा romanz शब्दको प्रयोग पल्पित, असम्भव, वीरतापूर्ण, प्रेमविषयक उपन्यास वा कलाका लागि गर्न थालिएको देखिन्छ । सत्रौ शताब्दीको बेलायतमा पनि यसको प्रयोग कल्पनाप्रधान, हीन तथा असत्यकै सन्दर्भमा भएको पाइन्छ । अठारौ शताब्दीमा प्रथम पटक यसकाे अर्थ भावुकता, चारुत्व, रमणीयता, रोचकता तथा कल्पनाले युक्त रचनाहरूका लागि गरिएकाे देखिन्छ । स्वच्छन्दतावादका अनेक परिभाषा पाइन्छन् । तिनमध्ये केही परिभाषा यसप्रकार छन् :
१. अंग्रेजी साहित्यका आधुनिक इतिहासकार एमिल लेगुर्इ तथा कजामिया – ”परम्परावादी कलाका विरुद्ध नवान्मेषकारी सौन्दर्य शास्त्रीय सिद्धान्त नै स्वच्छन्दतावाद हो” ।
२. वाल्टरपेटर – ”अद्भूत र सुन्दरताकाे भव्य मिश्रण स्वच्छन्दतावाद हो” ।
३. एवरक्रम्बे – ”स्वच्छन्दतावाद भनेकाे बाह्य अनुभवबाट आन्तरिक अनुभूतितर्फको प्रयाण हो” ।
प्रवर्तन र विकास
स्वच्छदतावादमा जर्मन अात्मवादि तथा भाववादी दर्शनकाे गहिरा प्रभाव परेको देखिन्छ । यस दर्शनका प्रवर्तक हिगेल र सिलर मानिन्छन् । हिगेलका अनुसार साहित्य सिर्जनाको प्रक्रिया जडबाट चेतनतिरको यात्रा हो र चेतन वा बुद्धि अमूर्त, सार्वभौम, विशुद्ध र परम चैतन्यमय हुन्छ । हेगेलले स्वछन्दतालार्इ भौतिकवादमाथि आत्मवादको विजय मानेका छन् ।
स्वच्छन्दतावादमा फ्रान्सेली क्रान्ति (१७८९)काे पनि उत्तिकै गहिरो प्रभाव परेको छ । ज्याँ ज्याक रुसाेका विचारधाराले एकातिर क्रान्तिका लागि सहयाेगी वातावरण तयार पार्न सक्रिय भूमिका निर्वाह गरेकाे पाइन्छ भने अर्कातिर स्वच्छन्दतावादी सर्जकहरूलार्इ बाैद्धिक, सैद्धान्तिक र भावनात्मक रूपमा प्रभाव पारेकाे देखिन्छ । अमेरिका र बेलायतमा यसकाे विकास तीव्र रूपमा भएकाे छ । बेलायतमा स्वच्छन्दतावादी कविहरूकाे दुर्इ पुस्ताले यस विचार धाराकाे संवर्द्धन गरेकाे देखिन्छ । पहिलाे पुस्ताका विलियम ब्लेक, विलियम वर्डस्वर्थ, कलरिज, समालाेचक चार्ल्स ल्याम्ब उपन्यासकार जेन अस्टिन, वाल्टर स्कट अादि र दाेस्राे पुस्ताका लर्ड वाइन, जर्ज गर्डन, म्यारी सेली|सेली, जाेन किट्स तथा गद्य लेखक विलियम ह्याज्लिट अादिकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ ।
विकासका चरणहरू
स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८ बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेकाे देखिन्छ । लगभग तिन दशककाे यसकाे समयावधिलार्इ निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ
पहिलाे चरण
यस चरणलार्इ पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठाराैं शताब्दीकाे मध्यतिर अंग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाे मानिन्छ ।
यस अवधिका वर्न्स, पर्सी, वार्टन अादिका कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएकाे छ ।
दाेस्राे चरण
साहित्यमा स्वच्छन्दतावादकाे खास प्रवर्तन ”’Lyrical Ballads”’ (१७९८) बाट सुरु भएकाे देखिन्छ । सन् १८०० मा प्रकाशित यसकाे भूमिकालार्इ स्वच्छन्दतावादकाे घाेषणा पत्र मानिन्छ । यस धाराकाे प्रतिनिधित्व बेलायतमा विलियम ब्लेक, वर्डस्वर्थ, कलरिज अादिले गरेकाे देखिन्छ भने अमेरिकामा राल्फ वाल्डाे, इमरसन, एडगर एलेन पाे अादिले गरेकाे पाइन्छ । त्यस्तै रुसमा अलेक्जेन्डर पुस्किन समेतले यस वादकाे प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा पश्चिमी साहित्यमा स्वच्छन्दतावादकाे अधिक प्रभाव कवितामा परेकाे देखिन्छ ।
प्रमुख मान्यता
स्वच्छन्दतावादका प्रमुख मान्यतालार्इ माेटामाेटी रूपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ ः
१. वैयक्तिकता ः (स्वकाे अभिव्यञ्जना, व्यक्तिवादी काव्य चिन्तन, रचनामा निजी विषयवस्तुकाे अभिव्यक्ति) ।
२. काल्पनिकता ः (यथार्थ जगत्बाट पलायन, काल्पनिक जगत्काे विचरण, साैन्दर्य प्रेम, प्रकृति प्रेम, प्रकृतिमा र्इश्वरीय सत्ताकाे अवलाेकन अादि) ।
३. विद्राेहात्मकता ः (अभिजात्य विषय, व्यक्ति परम्परा, शास्त्रीयता अादिकाे विराेध) ।
४. भावुकता ः (कृतिमा भावनाकाे प्रधानता) ।
५. अद्भूतता ः ( विशेष गरी कृतिमा प्राकृतिक अद्भूतताकाे चित्रण) ।
६. कृत्रिमताबाट मुक्ति ।
७. साङ्गीतिकता ।
८. मानवतावादी दृष्टिकाेण
नेपाली साहित्यमा स्वच्छन्दतावादकाे प्रयाेग
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवेश वि.सं.१९९१ मा भएकाे हाे । रिष्कारवादकाे विपरित रूपमा अाएकाे याे प्रवृत्ति नेपाली साहित्यमा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेकाे देखिन्छ । यसकाे प्रथम प्रयाेग नेपाली कविताबाट भएकाे पाइन्छ । यसका प्रथम प्रयाेक्ता लक्ष्मीप्रसाद देवकाेटा हुन्, त्यसैले उनलार्इ नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवर्तक मानिन्छ ।
यस प्रवृत्तिलार्इ अँगाली महाकाव्य, खण्डकाव्य, प्रगीतात्मक संरचनायुक्त काव्यकृतिहरू सिर्जना गर्नेहरूमा लक्ष्मीप्रसाद देवकाेटा, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, गाेपालप्रसाद रिमाल, केदारमान व्यथित, हरिभक्त कटुवाल, अमरसिंह गिरी अादी कविहरू महत्त्वपूर्ण मानिन्छन् ।
साहित्यकाे गद्य विधातर्फ विशेष गरी अाख्यानमा स्वच्छन्दतावादले स्थान पाएकाे देखिन्छ । रूपनारायण सिंहकाे भ्रमर उपन्यास (१९९३) काे प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेकाे हाे । यस प्रवृत्तिलार्इ अागाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा रार्इ रसिक, शिवकुमार रार्इ, कृष्णसिंह माेक्तान, रवीन्द्र माेक्तान, भवानी भिक्षु अादि प्रमुख रूपमा रहेका खेखिन्छन् ।
परिष्कारवादी नियमकाे कठाेर बन्धनलार्इ पन्छाएर अघि बढेकाे स्वच्छन्दतावादी अवधिलार्इ नेपाली साहित्यकाे स्वर्णयुग मानिन्छ ।