प्रेम रिबुसाल
सुनाकोठी, ललितपुर, नेपाल ।
……………………………………..
मलाइ मनपरेका ५ पुस्तकहरू :-
क) गौतमबुद्ध – उनको जीवनी र दर्सन – सं पुण्य प्रसाद प्रसाइ ।
ख) कुटनीति र राजनीति (जीवनी) – रमेशनाथ पाण्डे ।
ग) पूर्विय दर्शन (दर्सन परिचय) – डा. भर्त राई ।
घ) प्रयोगशाला (राजनीति)- सुधीर शर्मा ।
ङ) मेक्सिम गोर्कि (जीवनी) – ……. ?
पाँच दार्सनिकहरू :
क) गौतमबुद्ध (भगवान मानिनु भएको भएपनि म दार्सनिक पनि ठान्छु) ।
ख) क्राइष्ट – (बुद्धकै रूपमा ) ।
ग) सोक्रेटीज (Socrates) ।
घ) पाइथागोरस (Pythagoras) ।
ङ) महात्मा गान्धि ।
मनपरेको उद्धरण (Quote) :
क) सर्वश्रेष्ठ चेतनाभन्दा गतिशील केही छैन” – गुरू गड्यान्जल !
ख) सबै मान्छे बुद्ध बन्नसक्छ तर बाटो चाहीँ ऊ आफै हिंड्नु पर्छ” – बुद्ध !
ग) “समय सँधै उसैगरी दोहोरिँदैन”- किसिनजर !
घ) “कसैले प्रेम गर्छभने उसले पहिले छिमेकिलाइ प्रेम गरोस”- क्राइष्ट !
ङ) ……… ?
जीवनको अर्थ :- “वरदान” !
मेरो बिचारमा साहित्य :-
“सोध र सिकायतको सुन्दर प्रकृया” ।
मेरो बिचारमा दर्शन :-
“विषयमाथि चिन्तन गर्ने शिल्सिलेवार प्रकृया” ।
समकालिन समाजमा हामीले सामना गर्नु परेका सबभन्दा ठूला समस्याहरू:-
“अहंकार, सह-अस्तित्वको अस्वीकार्य, अस्वस्थ्य प्रतिस्पर्धा, करूणाहिन्ता, वातावरणियपरिवर्तन, आदि ।”
मेरो भनाइँ :-
“राम्रो कार्य गर्न लाग्नु भएको छ, पूर्ण सफलताको शुभकामना” ! वर्तमान विश्व कोरोनाको भएकोछ । यसलाइ सबैले डटेर जितौं । यो इतिहासमा पीडादायि खण्ड भएर रहने छ । यो कहरलाइपनि साहित्यसँगालोले रेकर्ड गर्ने कार्य गरेकोमा आभार व्यक्त गर्छु । धन्यवाद !
मुक्तक :-
वर्तमानको महामारी !
कतै ख्याल-ख्याल जस्तो गरी आयो महामारी,
विश्व खलवलाउने ‘नोवल कोरोना’ भयो आतंककारी,
हिंड्दैछ, सुन्दैछ, सुन्दैछ, हिंड्दैछ भटाभट मर्दैछ,
भय, भाव, समस्या र समवेदनासँगैको कैदीछौं विश्वभरी !
धन्यवाद !
२०७७ बैसाख २०