थिचोमिचो सहेर बस्न सकिन्न

असमान सन्धि हाम्लाई चाहिन्न ।

सीमा अतिक्रमण हुन दिँदैनौं

विदेशीको भूगोल हामी लिँदैनौं ।।

पूर्व मेची पश्चिम सिमा महाकाली

हाम्रै भूगोल हाम्रै हो मन नेपाली ।

लिपुलेक, लिम्पियाधुरा सुरक्षा गर्नुछ

आफ्नो भूगोल रक्षार्थ हामी लड्नुछ ।।

सीमा मिच्ने विरुद्धमा हामी लड्नुछ

राष्ट्रियता र सम्प्रभुताको  रक्षा गर्नुछ ।

सिमाना क्षेत्रमा सिमा स्तम्भ राख्नुछ

सार्वभौमिकताको रक्षा हाम्ले गर्नुछ ।।

सीमा विवाद अन्त्य अब गर्नुपर्छ

देशबासीको मर्म अब बुझ्नुपर्छ ।

सम्पूर्ण देशवासी अब जुट्नुपर्छ ।

सीमाको रक्षार्थ रेखांकन गर्नुपर्छ ।।

समाप्त

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *