नहेरे पनि तिमीले
हेर्छन हेर्नेहरुले
जोसँग सम्बन्धित छ
सोच्छन् र विचार्छन्
विश्लेषण गर्छन्
किन धम्की र आदेश ?
हेर्न मन नभए
बोल्न मन नभए
बन्द गर्नु
ब्लक हान्नु आइडि
नबोल्नु
म्यासेन्जरमा
भाइबरमा
वाट्स एपमा
अनि
प्रतिक्रिया नदिनु फेसबुकमा ।
निजी फेसबुक
निजी मेसेन्जर
निजी ट्वीटर
निजी लिङ्कड इन
चलाऔ या नचलाऔं
भिडियो हालुँ या फोटो
भ्वाइस हालौ या टेक्स्ट
निजी फेसबुक आइडिमा
कसैलाई केको टाउको दुःखाई ?
यदि भन्छौ भने
कसले दियो अधिकार
मेरो फोटो खिच्ने
मेरो भिडियो बनाउने
मेरो भ्वाइस रेकर्ड गर्ने
सामाजिक सञ्जाल वा मिडियामा
फोटो भिडियो र बोली राख्ने ?
डर लाग्छ भने
तिम्रो चौघेराभित्रको एकमुठी इज्जतको
बस घरमै कुँजिएर चुपचाप
बस कोठमा रुमानी बैंश कोरालेर
नगर सार्वजानिक पदको धारण
नहिड सार्वजानिक काममा अगुवा बनेर
खिच्दैनन् कसैले
तिम्रो बन्द कोठामा चिहाएर फोटो
न त गर्छन कसैले लुकीछिपी भिडियो ?
न गर्छन् कसैले तिम्रो बोलीको रेकर्ड ?
न आउँछौ कुनै मिडीया, सामाजिक सञ्जालमा ?